८० वर्षीय वृद्ध वडाध्यक्ष निर्वाचित !

144

सिन्धुपाल्चोक / सिन्धुपाल्चोकका एक वयोवृद्ध कांग्रेस नेताले वडाध्यक्षमा विजय हासिल गरेका छन् । यी वयोवृद्ध पुरुष सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका ८० वर्षीय कर्णबहादुर खड्का हुन् । खड्का नम्बर १ बाट २ सय ६१ मत प्राप्त गरी विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र र एमालेका उम्मेदवारलाई एक सयभन्दा बढी मतले पछि पारेका छन् । उनी यस पटकको स्थानीय तह निर्वाचनमा निर्वाचित हुने सबैभन्दा पाका उमेरका प्रतिनिधि हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here