आयोग आफैले भन्यो परिणाम आउन एक हप्ता

158

काठमाडौं/ निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधिप्रसाद यादवले स्थानीय तहको पहिलो चरणको निर्वाचनको पूर्ण मत परिणाम आउन एक हप्ता लाग्ने जानकारी गराएका छन् ।  हिजो काठमाडौमा भएको साक्षात्कारमा प्रमुख आयुक्त यादवले एक हप्ताभित्रै सबै मतपरिणाम आइसक्ने अनुमान गरेका छन् । उनले मतगणना भैरहेको छ, तर ढिलाई भएको चाहीँ हो, यसको प्रमुख कारण भनेको नै मतपत्र ठूलो भएर हो, अब हामी मतगणना डेस्क बढाउँछौं भनेका छन् । उनका अनुसार काठमाडौं, ललितपुर, पोखरा, भरतपुर महानगरमा मतगणना डेक्स थपिनेछन् । काठमामाडौंमा मतगणना डेस्क ११ सम्म पु¥याउने उनले जानकारी गराएका छन् ।

यादवले पहिलो चरणको निर्वाचन सम्पन्न भएकै दिनदेखि मतगणना कार्य सुरु भएको उल्लेख गर्दै अहिलेसम्म २५ जिल्लाको मतगणनना सकिएको जानकारी गराए । यद्यपि उनले मतगणना ज्यादै ढिला भएको पनि स्वीकार गरे । मुख्य निर्वाचन अधिकृतको अधिकारलाई आयोगले हस्तक्षेप गर्न नमिल्ने पनि उनले जनाए । उनले कानुनी जटिलताहरू भएको र आयोगले हस्तक्षेप गर्न नमिल्ने पनि जानकारी गराए । आयोगले माग भएबमोजिम जनशक्ति उपलब्ध गराउने र सहयोग पनि गर्न सक्ने जानकारी गराए ।

यादवले मतगणना द्रुत गतिमा अघि बढाउनकोे लागि निर्वाचन आयोगले निर्देशनसमेत दिइसकेको जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here