किन रातमा यौनसम्पर्क गर्न रुचाउँछन् महिला ?

316

महिलाहरू रातमा यौनसम्पर्क गर्ने रोमान्टिक मुड बनाउने गर्छन् । हालसम्म महिलाहरू लाजका कारण रातमा सेक्स गर्न रुचाउने गरेको कारण भन्दै आए पनि अनुसन्धानकर्ताबाट महिलाहरू आफ्नो बडी फिगरका कारण रातमा सेक्स गर्न रुचाउने खुलासा गरेका छन् । बडी लुकका अनुसार उनीहरूले समय रोज्ने गरेको अनुसन्धानकर्ताको भनाइ रहेको छ । अनुसन्धानकर्ताका अनुसार महिलाहरूको बडी फिगरका कारण उज्यालोमा सेक्स गर्न रुचाउँदैनन् ।

अष्ट्रेलियामा गरिएको उक्त अध्ययनमा ८०० जना मानिसमा सर्वे गरिएको थियो । धेरै तौल भएकी वा बिग्रेको फिगर भएका युवतीहरू वा महिलाहरू रातमा सेक्स गर्न रुचाउने अध्ययनले देखाएको थियो । विशेषज्ञका अनुसार यस्ता महिलाहरूले आफ्नो खानपानमा ध्यान पु¥याउनु आवश्यक छ । उनीहरूले दैनिक व्यायाम गर्नुपर्छ । यो अनुसन्धानमा सर्वे अनलाइनको प्रयोग गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here