भेषभूषा प्रदर्शन गर्न प्रियंका कार्की अमेरिका जाने

132

काठमाडौं । नेपाली चलचित्रकी नायिका प्रियंका कार्की अमेरिकाको टेक्सस राज्यको प्रख्यात शहर ड्यालस जाने भएकी छिन् । उनी आगामी जुन ३० देखि जुलाई २ सम्म हुने नेप्लीज अमेरिकन कन्भेन्सन नामक सम्मेलनमा सहभागी हुन जाने निधो भएको प्याट्रिक सुवेदीले जानकारी दिएका छन् ।

नायिका प्रियंका जुन महिनाको अन्त्यमा जाने भएकी छन् भने प्रियंकाले उक्त सम्मेलनमा तीन दिन कार्यक्रमहरूमा सहभागिता जनाउने छिन् । विशेष उनी कार्यक्रम प्रस्तोता, भेषभूषा प्रदर्शनमा मुख्य आकर्षणको रूपमा विशेष प्रस्तुति तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछिन् ।

भेषभूषाको डिजाइनर (रूपकार) ओढनी बुटिक (वस्त्रालय) ले गर्ने भएको छ । भेषभूषा प्रतिस्पर्धामा सहभागी हुनको लागि आवेदनपत्र खुला गरिएको छ भने प्रवेश शुल्क ४५० डलर राखिएको छ । १८ देखि २९ वर्षका युवतीहरूले निवेदन दिन सक्ने आयोजकले बताएको छ ।

नेप्लीज अमेरिकन सम्मेलनमा खेलकुद, मनोरञ्जन, विविध मञ्च, गोष्ठी, व्यापार प्रदर्शन, बालबालिका प्रतिभा प्रतियोगिता, सांस्कृतिक कार्यक्रमसमेत रहने जानकारी बजारीकरणसमेत हेर्ने प्याट्रिक सुवेदीले जनाए । हालसम्म ८ वटा खेलकुद टोलीले सहभागी जनाउने निश्चित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here