मरेकी श्रीसमतीसँग ६ दिन सँगै

215

बेलायतका रसेल डेभिसनकी ५० वर्षीया श्रीमती वेन्डी डेभिसनको गत २१ अप्रिलमा मृत्यु भयो । पछिल्लो १० वर्षदेखि पाठेघरको क्यान्सरसँग जुधिरहेकी जीवनसंगिनी वेन्डीको निधनपछि उनका पति रसेल दुःखी नहुने कुरै भएन । पत्नीप्रति उनको प्रेम यतिधेरै थियो की वेन्डी मरिसकेपछि पनि उनले पत्नीको शवको अन्तिम संस्कारको क्रिया गर्न मानेनन् र पत्नीको शवलाई आफ्नो बेडरुममा लगेर राखे ।

त्यसपछि उनी सोही बेडरुममा पत्नीको शवसँगै बस्न थाले, त्यहीँ सुत्न थाले । पूरै ६ दिनसम्म उनी पत्नीको शवसँगै बसे । श्रीमतीको शवसँगै ६ दिन बस्दा आफूलाई धेरै आत्मशान्ति मिलेको रसेलले भनेका छन् ।

उनले पत्नीलाई यति धेरै माया गर्दथे कि उनी आफ्नी पत्नीको शवलाई डाक्टरको हातमा सुम्पिन चाहन्नथे ताकि तत्कालै शवलाई शवदाह गृहमा लगेर अन्त्येष्टि गरियोस् । घरमै प्राण त्याग्ने वेन्डीको पनि इच्छा थियो । ६ दिन घरमा राखिसकेपछि मात्र उनले पत्नीको शवलाई अन्त्येष्टि गर्न आफैँ लगे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here