‘आधा लभ’ निर्माण गर्दै ऋचा

221

काठमाडौं/ ऋचा शर्माले पहिलो पटक आफ्नो होम प्रोडक्सनबाट निर्माण हुने ‘आधा लभ’को निर्मात्री बनेकी छिन् । यसै साता राजधानीको एक कार्यक्रमका बीच यो फिल्मको ट्रेलर रिलिज गरिएको छ । ट्रेलरले मानिसको जीवनमा आउने अनेकौं दुःख र संघर्षको कथा बोल्ने निर्माता शर्माले जनाएका छन् ।

दयाहाङ राई र प्रियंका कार्कीको लिड रोल रहेको फिल्म ‘लाल्टिन’सँग जेठ २६ गतेबाट नेपालभर रिलिज हुन लागेको ‘आधा लभ’लाई कलाकार अर्पण थापाले निर्देशन गरेका हुन् । अर्पण फिल्मका लिड कलाकारको रूपमा पनि छन् । त्यस्तै, फिल्मकी निर्मात्री ऋचा पनि मुख्य भूमिकामा छिन् ।

ऋचा र अर्पणका अलावा फिल्ममा मिथिला शर्मा, टीका पहारी, रेमनदास श्रेष्ठ, रोजिशा शाही, विपिन मिक्की गुरुङलगायतले अभिनय गरेका छन् । शिसन बानियाँले खिचेको फिल्ममा सुजिल कर्माचार्यले संगीत दिएका छन् । निमेष श्रेष्ठले फिल्मको सम्पादन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here