डा.बाबुरामको सद्बुद्धि पलाओस्, शुभकामना छ !

249

राधा बुढाथोकी मगर

डा.बाबुराम भट्टराईको नयाा शक्ति पार्टी स्थानीय तहको पहिलो चरणको निर्वाचनमा नराम्रोसाग थचारिएको छ । भट्टराईले आफ्नो पार्टीको पराजय हुनुमा चुनाव चिन्ह नपाउनुलाई पनि कारण जनाएका छन् । चुनाव चिन्ह नै विजय पराजयको कारण हुन सक्ने भए, स्वतन्त्र उम्मेदवारको हैसियतमा काठमाडौं महानगरपालिकाको उम्मेदवारी दिएका इञ्जिनियर तथा पूर्वसचिव किशोर थापाको क्यामेरा चुनाव चिन्हको पक्षमा मतदान पर्नु रञ्जु दर्शनाको स्टकोट चुनाव चिन्हमा अत्यधिक मत खस्ने थिएन । चुनाव चिन्हभन्दा राजनीतिक एजेण्डा महत्वपूर्ण कुरा हो भन्ने उदाहरण यी दुई पात्रहरुको पक्षमा खसेको मतले पनि स्पष्ट गर्दछ । त्यसैले डा.बाबुराम भट्टराईको चुनावी समीक्षा गलत सिद्ध भएको छ । भट्टराईले जुन उाचाइको राजनीति गर्नुभएको थियो, त्यो उाचाइको राजनीतिलाई निरन्तरता दिन छोडेर गलत बाटो अवलम्बन गर्नु भएकै कारण चुनावी परिणाम नकारात्मक प्राप्त भएको हो भन्ने बुझ्नु जरुरी छ ।
दशवर्षे सशस्त्र युद्धबाट डा.भट्टराईले प्राप्त गर्नुभएको राजनीतिक उाचाइलाई बुझ्न सक्नु भएन । युद्धले बोकेका एजेण्डाहरु जनता र राष्ट्रका पक्षमा थिए भन्ने कुरा सबैलाई थाहा छ । विरोधीहरुले बाहेक अरु कसैले पनि युद्धकाल राजनीतिक कार्यक्रमहरुलाई साथ दिएका थिए । विरोधीहरुको पनि खुला विरोध हुन सक्ने अवस्था थिएन । कारण के हो त भने युद्धकालका एजेण्डाको पक्षमा व्यापक जनमत थियो । युद्ध स्थगन भइसकेपछि शान्तिप्रक्रियामा आइलगत्तै माओवादी पार्टीको राजनीतिक/वैचारिक स्खलन सुरु भएको हो । माओवादीको वैचारिक स्खलन हुनुमा डा.बाबुराम भट्टराई प्रमुख जिम्मेवार हुनुहुन्छ । यो कुरा स्वयं भट्टराईले स्वीकार गर्नुपर्दछ । किनभने बाबुराम भट्टराईलाई देशको प्रधानमन्त्री बन्ने राजनीतिक उाचाइ त्यही युद्धले गरेको हो । युद्धले बोकेका एजेण्डाहरु ठीक नभइदिएका भए राजनीतिक उाचाइ माथि उठ्ने सम्भावना हुादैनथ्यो । डा.भट्टराईको उाचाइ डाक्टरी प्रमाणपत्रले बनाएको होइन भन्ने कुरा स्थानीय तहको चुनावी परिणामले स्पष्ट गरिदिएको छ ।
दशवर्षे सशस्त्र युद्धले बाबुरामलाई देशभक्त र जनपक्षीय नेता बनायो । त्यही हैसियतबाट देशको प्रधानमन्त्री बन्ने अवसर पनि जुर्‍यो । तर बाबुरामजीले यथार्थलाई बुझ्नु भन्दा काल्पनिकतातर्फ जाने गल्ती गर्नुभएकै कारणले उहाालाई नयाा शक्ति पार्टीको पहिलो नेता बन्ने परिकल्पना भयो । कर्मचारी र सिने कलाकारहरुको झुण्ड लगाएर राजनीति सफल भइहाल्ने भए दश वर्षसम्म हतियार बोकेर युद्ध लड्नु नै किन पथ्र्याे र ? दशवर्षको सशस्त्र युद्धले १६ हजार नेपाली जनताको रगत बगाएको छ । त्यो रगतको मूल्यांकन बाबुरामले गर्न सक्नु भएन । रगतको मूल्यांकन गर्न सकेको भए युद्धकालका एजेण्डाहरुलाई छोडेर छिमेकी देशको स्वार्थलाई मात्र अवश्य पनि ध्यान दिइने थिएन । बाबुरामजीले छिमेकी देशको सहयोगबाट नै प्रधानमन्त्री बन्न सकेको र भविष्यमा पनि छिमेकीकै सहयोगबाट देशको सत्तामा पुग्न सकिन्छ भन्ने गलत सोचाइ लिनुभएको प्रष्ट हुन्छ । यस्तो सोचाइले राजनीतिमा सफल हुन सकिंदैन । बाबुरामजीले अपनाउनुभएको युद्धकालको नीतिसाग यो पंक्तिकारको सरोकार नभए पनि युद्धले नै बाबुरामजीलाई देशको प्रधानमन्त्री बन्ने बाटो खोलेको हो भन्ने कुरामा बाबुराम स्वयं स्पष्ट हुन नसक्नु भएकोमा दु:ख लागेको छ । बाबुराम विद्यार्थीकालदेखिकै परिचित व्यक्तित्व भएकाले र विद्यार्थी कालमा एउटै संगठनमा काम गरेकाले पनि बाबुरामप्रति विशेष सहानुभूति भइरहेको छ । त्यही सहानुभूतिका शब्दहरुमार्फत् बाबुरामजीलाई गल्ती सच्याउने सद्बुद्धि पलाओस् भनेर शुभकामना दिन चाहन्छु । [email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here