प्रचण्ड समीक्षामा, विप्लव कब्जा अभियानमा

217
????????????????????????????????????

काठमाडौं/ स्थानीय तहको पहिलो चरणमा माओवादी केन्द्रले प्राप्त गरेको नतिजा अपेक्षाकृत भएको निष्कर्ष निकालेको छ । गत सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी हेडक्वार्टरको बैठकले पहिलो चरणको स्थानीय तह निर्वाचन समीक्षा गर्दा यसको निष्कर्ष निकालेको हो ।

बैठकले निर्वाचनको समीक्षा गर्दै पार्टी एकता भए पनि संगठन व्यवस्थित बन्न नसकेको र अस्तव्यस्तताका बीच निर्वाचनमा होमिए पनि जनमत अपेक्षाकृत भएको बैठकले निष्कर्ष निकालेको थाहा भएको छ ।
बैठकमा पहिलो चरणको निर्वाचन सम्पन्न भएका २ सय ८३ स्थानीय तहमध्ये ४६ स्थानमा माओवादीले विजय हासिल गरिएको र ५० भन्दा बढी तहमा ५ सयभन्दा कम मत अन्तरले माओवादी उम्मेदवारहरु पराजित भएको पाइएको हुादा ती ठाउाहरु आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीले विजय हासिल गर्ने आधार भएको निष्कर्ष पनि बैठकमा निकालिएको छ । संख्याका दृष्टिले दलहरुले प्राप्त गरेको सिट संख्या फरक देखिए पनि जनमतका दृष्टिले माओवादी कमजोर नभएको निष्कर्ष पनि बैठकले निकालेको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले सिंहदरबारमा केन्द्रित अधिकारलाई जनताको घरआागनमा लैजानु र स्थानीय तहलाई बलियो बनाउन निर्वाचन सम्पन्न गर्नु नै माओवादीको जित भएको विचार राख्नुभएको थियो ।
पहिलो चरणको निर्वाचनको समीक्षा गर्दै बैठकमा दोस्रो चरणको निर्वाचनमा थप विजय हासिल गर्न आवश्यक रणनीति तय गर्ने निर्णय पनि गरिएको छ । दोस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट प्रभावकारी रुपमा कार्ययोजना बनाउने र छिट्टै उम्मेदवार चयन गरेर निर्वाचनमा होमिने निर्णय पनि बैठकले गरेको छ ।
यता युद्धमा सहभागी भएको शक्ति माओवादीबाट अलग भई नेपाल कम्युनिष्ट पार्टी नामाकरण गरी नयाा सांगठनिक संरचनामा प्रवेश गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले निर्वाचन सम्पन्न भएका स्थानीय तहका निकायहरुमा समानान्तर स्थानीय जनपरिषद् गठन गर्ने तयारी गरेको समाचार प्राप्त भएको छ । स्थानीय तहको चुनावलाई खारेज गर्दै चुनावविरुद्ध अभियान थालेको नेकपाले जनपरिषद् गठन गरी संसदवादी कित्ताका स्थानीय निकायहरुलाई स्थानीय तहमै चुनौती दिंदै जनसेवामा लाग्ने निर्णय गरेको विश्वस्त सूत्रले जानकारी गराएको छ । संसदवादी कित्ताका स्थानीय निकायहरुले गर्ने निर्माण विकासका कामहरुमा विशेष निगरानी गर्ने र आर्थिक अनियमितता र पक्षपात भएको पाइएमा कारबाही गर्ने सम्मका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय पनि सो पार्टीले गोप्य रुपमा गरेको थाहा भएको छ । स्थानीय तहमा जनताका समस्याहरुलाई सम्बोधन गर्ने, स्थानीय स्कूलहरुमा नि:शुल्क पठनपाठनको व्यवस्था गर्ने, किसानहरुको समस्या समाधान गर्ने, स्थानीय तहमा सडक, पुलपुलेसाहरु निर्माणमा दवाव सृजना गर्ने र स्थानीय तहमै स्वास्थ्य सेवा उपलब्ध गराउनसमेत जनपरिषद्ले पहल गर्ने निर्णय सो पार्टीले गरेको थाहा भएको छ ।
संसदवादी दलहरु चुनावी प्रतिस्पर्धा र सरकार फेरबदलको कसरतमा जुटिरहेका बेला चुनावी प्रक्रियाबाट अलग भई दशवर्षे सशस्त्र युद्धका एजेण्डाहरुलाई सम्बोधन गर्नुपर्ने कुरामा जोड दिंदै आएको नेकपाले केही महिना अघि मात्र भूमिगत रुपमा महधिवेशन सम्पन्न गरेको थियो । महाधिवेशन सम्पन्न भएपछि सो पार्टीले स्थानीय तहको निर्वाचनलाई खारेज गर्ने निर्णय पनि गरेको थियो । स्थानीय तहमा निर्वाचित भएका नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरुलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी युद्धकालको माओवादी जस्तै हुने सम्भावना बढेको छ ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धको क्रममा जनअदालतको फैसला कार्यान्वयन गर्न भन्दै स्थानीय तहको चुनाव हुन बााकी रहेको र जेठ ३१ गते चुनाव हुन गइरहेको पूर्वाञ्चलको झापास्थित भुपध्वज कटवाल बस्दैआएको घर कब्जा गरेको छ । झापा जनपरिषद् प्रमुख सुमनसिंह पौडेलले हस्ताक्षर गरेको विज्ञप्ति टाासेर सो घर कब्जा गरिएको हो । घरमा जनपरिषद्को झण्डासमेत गाडिएको छ ।
झापाको गौरादह बजार गौरादह साबिक वार्ड नं. ८ स्थित इलाइ मियाको घर भुपध्वज कटवालले कब्जा गरेका थिए । मियाको २०४० सालमा निधन भएपछि २०४१ सालमा श्रीमतीलाई विभिन्न आरोप लगाएर घरबाट माइत (भारत) जान बाध्य पारेर कटवालले सो घर कब्जा गरेको नेकपाको जनअदालतले निष्कर्ष लिएको हो । कटुवालले अर्कै महिलालाई मियाको नक्कली श्रीमती बनाएर बिराटनगर मालपोत कार्यलयबाट उक्त घर–जग्गा आफ्नो नाममा पास गराएका थिए । त्यसबेला मियाका ३ जना छोराहरु नाबालक थिए ।
घर–जग्गा कब्जा गर्न मिया परिवारले गाई काटेर खाएको झुटो आरोपमा फसाएर कटवालले आफूहरुलाई आमाले बेचेको भनेर स्वीकार्न बाध्य पारेको मियाका छोराहरुको कथन छ । छोराहरु अहिले सुकुम्बासी जीवन बिताइरहेका छन् ।
आफ्नो आमाले घर–जग्गा कटुवाललाई नबेचेको भन्दै मियाका छोराले मालपोत कार्यालयमा भएको औठाछाप र आफ्नी आमाको औठाछाप जााच गर्नसमेत माग गरेका छन् । जनयुद्धकालमा मिया परिवारले उजुरी गरेपछि तत्कालीन जनअदालतले उक्त घर–जग्गा पीडित मिया परिवारले नै पाउने फैसला गरेको थियो । कीर्ते गरेर कब्जा गरेको स्वीकार्दै कटवालले घर फिर्ता गर्ने बचन दिएका थिए । पछि आएर नेकपा एमालेका सांसद दिपक कार्कीको अगुवाइमा कटवालले मिया परिवारलाई उल्टै धम्की दिादै घर–जग्गा फिर्ता नगर्ने अडान लिंदैआएका छन् । करोडौं मूल्य पर्ने आफ्नो घर फिर्ताको लागि पीडित मिया परिवारले उजुरी गरेका कारण आफूहरुले कब्जा गरेको जिल्ला जनपरिषद् पौडेलले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here