जघन्य अपराधका मुद्दा फिर्ता नभएको स्पष्टोक्ति

114

काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले जघन्य अपराधका दोषीहरुको मुद्दा फिर्ता नहुने भनी स्पष्टीकरण दिएको छ । कैलालीको टीकापुरलगायतका स्थानमा भएका घटनामा संलग्न दोषीहरुका मुद्दा फिर्ता नहुने सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रिपरिषद्को बैठकको निर्णयलाई लिएर सञ्चारमाध्यममा सरकारको व्यापक आलोचना भएपछि ती समाचारबारे प्रतिक्रिया दिादै प्रधानमन्त्रीको सचिवालयले जघन्य अपराधका दोषीको मुद्दा फिर्ता लिने सरकारी निर्णयसम्बन्धी प्रकाशित समाचारको खण्डन गरेको हो । जघन्य अपराधका घटनामा कुनै पनि मुद्दा फिर्ता नलिइएको र लिने अवस्था पनि नरहेको सचिवालयले स्पष्ट गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here