सेनाद्वारा खुकुरी प्रहार

165

काठमाडौं/ निर्वाचन जितेको खुशीयालीमा विजयउत्सव मनाउने क्रममा एमाले कार्यकर्तामाथि खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको अभियोगमा नेपाली सेनाका जवानसहित चारजनालाई पक्राउ गरेको छ । दुल्लु नगरपालिकाको ७ नम्बर वडामा एमाले विजयी भएपछि विजय जुलुस निकाल्दा विवाद भएको थियो । जुलुस सकेर घरमा बसेका एमाले कार्यकर्तामाथि खुकुरी प्रहार गर्दा ७ जना घाइते भएका छन् । खुकुरी प्रहारको नेतृत्व गर्ने प्रेमबहादुर भण्डारीसहित नगेन्द्र भण्डारी, शक्ति सुनार र प्रेम सुनारलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । पक्राउ परेकामध्ये प्रेमबहादुर भण्डारी नेपाली सेनाको रणभैरव गणमा कार्यरत सैनिक रहेको इलाका प्रहरी कार्यालय दुल्लुले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here