५८ वर्षअघि भएको गण्डक सम्झौता राष्ट्रघाती

787

काठमाडौं/ नेपाल र भारतबीच ५८ वर्ष अगाडि गण्डक सम्झौता भए पनि हालसम्म सम्झौताअनुसार भारतले काम नगरेको गुनासो स्थानीयवासीहरुको पाइएको छ । सम्झौताको धारा २(२) अनुसार भारतीय पक्षले काम नगर्दा गण्डक क्षेत्रमा प्रतिवर्ष हुादै गरेको बाढी, डुबान, कटान र चुहानले गण्डक आसपासका बासिन्दालाई असर पारेको छ । सम्झौताअनुसार नेपाली पक्षले लाभ लिन नसकेको र पानीको बााडफााड सन्तुलित नहुनुका साथै भारतले सम्झौता कार्यान्वयनमा उदासीनता देखाएको छ । सम्झौताअनुसार भारतीय पक्षले करिब १५ वर्षको बाली नालीको क्षतिपूर्ति उपलब्ध गराउन र २०६५ सालमा पुन: गण्डक पीडित र भारतीय प्रतिनिधिमण्डलबीच भएको २१ बुादे सहमतिअनुसार काम नगर्दा नेपाली पक्ष पीडित बन्न पुगेको गुनासो स्थानीयहरुको छ ।
जलस्रोतको उपयोग गरी दुवै देशका नागरिकको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले विसं २०१६ मा गण्डक सम्झौता भएपछि यस क्षेत्रमा पर्ने विभिन्न १४ वटा गाविसका पीडित नवलपरासी जिल्लाका किसानले गण्डक नदी नियन्त्रण संघर्ष समिति गठन गरेका थिए । सम्झौताबमोजिम निर्माण भएका भौतिक संरचनाको कारणले गर्दा र निर्मित संरचना जीर्ण भएकाले उत्पन्न बाढी, डुबान, कटान, पटान, चुहान, दलदलीकरण, लामखुट्टे र सर्पदंशको बिगबिगी र विभिन्न प्रकारका महामारीको सामना मात्र गर्नु परेकाले समस्या समाधानका लागि नेपाल सरकार र भारत सरकारका विभिन्न सरोकारवाला निकायमा पटक–पटक अनुरोध, पत्राचार र ज्ञापनपत्र बुझाउादा पनि सुनुवाइ नभएको गुनासो स्थानीयहरुको छ ।
गण्डक पीडितले समस्या समाधानका लागि भारतीय पक्ष मौन बसेकाले बाध्य भई २०६५ सालमा ३४ दिन नारायणी नदीमै बसेर आन्दोलन गरेपछि भारतको बिहार र उत्तर प्रदेशका जल संसाधन मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच २१ बुादे सहमति भएको थियो । सहमतिपश्चात् भारतले एक अर्ब ७१ करोड भारुको नेपाल हितकारी योजना बनाई काम सुरु गरे पनि अझै काम अधुरै रहेको गुनासो स्थानीयवासीहरुले गरेका छन् ।
आफ्ना माग भारतीय पक्षसाग पटक–पटक राख्दा पनि भारतीय पक्षले बेवास्ता गरेकाले यही जेठमहिनाभित्र क्षतिपूर्ति प्राप्त नभए र सम्झौता बमोजिम काम नभए पुन: आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पीडितहरुले दिएका छन् । गण्डक क्षेत्रअन्तर्गत पर्ने ४० हजार हेक्टर क्षेत्रफल सिञ्चित हुनुपर्ने सम्झौतामा रहे पनि भारतले निर्माण गरेको संरचनाअनुसार अहिले २५ हजार हेक्टर क्षेत्रफल मात्र सिञ्चित भइरहेको स्थानीयहरुको गुनासो पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here