भिखारी ठानेर शोरुमबाट गलहत्याएको परिणाम

275

थाइल्याण्डको पत्रिका सनुकका अनुसार थाइल्याण्डको सिंग बुरी क्षेत्रस्थित मोटरसाइकलको शोरुममा फाटेको लुगा लगाएर पुगेका एक व्यक्तिले सबैलाई आश्चर्यचकित तुल्याए । सुरुमा उनले शोरुमलाई बाहिरबाटै नियाले र त्यसको केही बेरपछि भित्र गए । शोरुमका मानिसहरुले उनलाई भिकारी सोचे । जब उनले शोरुमका एक कर्मचारीसँग त्यहाँका मालिकबारे सोधे र हार्ले डेविडसन बाइक खरिद गर्ने कुरा गरे तब त्यहाँ उपस्थित सबैजना हाँस्न थाले । त्यहाँको सेल्यम्यानले उनलाई निकै बेरसम्म वास्तै गरेनन् ।
आफूलाई त्यहाँका कर्मचारीले निकाल्ने कोसिस गर्नैलाग्दा ती व्यक्तिले चिच्याउँदै शोरुमका मालिकलाई बोलाए र आफ्नो सबै कुरा भने । कुराकानीको १० मिनेटपश्चात् मालिकले उनलाई हार्ले डेविडसन देखाए र बाइक छनोट गरेपछि ती व्यक्तिले तुरुन्त १७ लाख रुपैयाँ निकालेर बुझाए र बाइकलाई आफ्नो बनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here