झण्डै एउटा सहिद थपिएको थियो !

198

काठमाडौंं/ नेपाल प्रहरीसित समन्वय नगरी अपहरणको शैलीमा नेपाली नागरिकलाई पक्रेर भारत लैजाँदै गरेको अवस्थामा डोटीबाट पक्राउ परेको भारतीय प्रहरी टोलीलाई त्यसै छोडिएको छ ।
भारतको कर्णाटक राज्यबाट आएको प्रहरी नायब उपरीक्षक नागराजसहितको टोलीलाई गत शुक्रबार कञ्चनपुर प्रहरीले सीमावर्ती भारतीय बजार खनवासा थानाका प्रहरी नायब निरीक्षक राजेश पाण्डेको जिम्मा लगाएर छोडेको छ ।
पाँच जना भारतीय प्रहरी टोली कञ्चनपुरकै गड्डाचौकी नाका प्रयोग गरी डोटीको दिपाल–सिलगढी नगरपालिका–८, लडागडा पुगेको थियो ।
स्थानीयवासी लालबहादुर आउजीलाई अपहरणको शैलीमा पक्रेर जिपमा राखेर रातारात महेन्द्रनगर फर्कने क्रममा जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको थियो ।
आउजीलाई राति घरमा कुटपिटसमेत गरिएको थियो । कुटपिटका क्रममा स्थानीयवासीले त्यसको प्रतिवादसमेत गरेका थिए । तर उनीहरूले आउजीलाई छुटाउन सकेनन् । त्यहाँ गोली चल्ने र अर्काे सहिद थपिने सम्भावना बढेको थियो । सन् २०१६ सेप्टेम्बरमा भारतको कर्णाटकमा बैंक अफ महाराष्ट्रबाट १४ लाख भारतीय रूपैयाँ चोरी भएको र त्यस घटनामा लालबहादुरको संलग्नता रहेको भन्दै खोजी गर्ने क्रममा भारतीय प्रहरी टोली डोटी पुगेको भारतीय पक्षको दाबी छ ।

-जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here