लागूऔषध तस्करीमा परेवा प्रयोग

391

परापूर्व कालमा परेवाले चिठी तथा सन्देश आदान प्रदान गर्ने काम गर्दथ्यो । तर अब चाहिँ परेवालाई लागूऔषध तस्करीमा प्रयोग गर्न थालिएको छ । लागूऔषधसहित एक परेवा रंगेहात पक्राउ परेपछि यसको खुलासा भएको हो ।
कुबेतमा लागूऔषधका झण्डै २ सय गोलीसहित एउटा परेवा पक्राउ परेको छ । परेवाको पिठ्युँमा लुकाइएको अवस्थामा यति ठूलो परिमाणमा लागूऔषध बरामद भएको हो ।
उक्त परेवालाई इन्टर सिटी अफिसको छतमा उडिरहेको अवस्थामा देखेपछि मानिसहरूलाई शंका लाग्यो । परेवाको पखेटामाथि पिठ्युँमा अस्वाभाविक उठेको भाग थियो । त्यसपछि परेवालाई समाइयो । जब उसको पिठ्युँमा लागूऔषधका गोलीहरू भेटिए तब सबै छक्क परे ।
इन्टरनेट प्रयोगकर्ताहरूले यसरी लागूऔषध तस्करीमा प्रयोग हुने परेवालाई खतरनाक भनेका छन् र यसलाई ¥याट्स अफ द स्काई नाम दिएका छन् । परेवाको पिठ्युँमा राखेर कसले लागूऔषध ओसारपसार गरेको हो भन्नेचाहिँ खुलेको छैन ।

– जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here