सेक्सी भएकैले जागिर गयो

493

एउटी नर्सलाई ‘सेक्सी’ पहिरन लगाएकै कारण अस्पतालबाट राजीनामा दिन बाध्य पारिएको छ । अस्पतालले भने उनले बिरामीको सेवामा भन्दा आफ्नो पहिरनमा बढी ध्यान दिएको र लाज लाग्ने पहिरन लगाएर नर्सिङ पेशालाई खिल्ली उडाएको आरोप लगाएको छ ।
परीच्याट भनेर चिनिने पेंग च्याटस्री नाम गरेकी २६ वर्षीया नर्सलाई थाइल्यान्डस्थित इसान शहरको एक निजी अस्पतालले ‘सेक्सी’ पहिरन लगाएकै कारण राजीनामा मागेपछि सामाजिक सञ्जालमा अहिले उनी हिट भएकी छिन् ।
उनलाई ‘स्लीम फिगर’मा एकदमै कस्सिएको तन्किने छोटो स्कर्ट लगाएर अस्पतालमा बिरामीको सेवामा आउने गरेपछि अस्पतालले निगरानीमा राखेको थियो । उनले लगाएको ‘सेक्सी’ पहिरनको फोटो सार्वजनिक भएपछि मानिसहरूले उनले मोडलिङ गर्नुपर्ने सुझाव दिएका छन् ।
पश्चिमा देशमा यस्तो पहिरन सामान्य मानिए पनि थाइल्यान्डमा उत्तेजक मानिने गरिन्छ । आलोचकहरूले उनले लगाएको पहिरन नर्सिङ पेशालाई अपमान गर्ने रहेको आरोप लगाएका छन् । च्याटस्रीले आफ्नो फोटो ‘थाइ नर्स लभ एशोसियसन’ नामक फेसबुक पेजमा पोष्ट गरेकी थिइन् ।
‘मैले अस्पताल प्रशासनलाई सम्झाएको थिएँ, उनीहरूले अस्पतालको छवि महत्वपूर्ण रहेको जवाफ दिए,’ उनले भनिन्, ‘म सबै कुरा बुझ्छु र यसलाई म ठूलो विषय बनाउन चाहन्नँ, त्यसैले म राजीनामा दिएर आफ्नो उत्तरदायित्व पूरा गर्छु ।’
उनले थाइल्यान्ड नर्सिङ काउन्सिल र उक्त अस्पतालसँग माफी माग्दै भनेकी छिन्, ‘मेरो बिषयलाई लिएर सबै नर्सिङ पेशालाई नै मूल्यांकन नगर्न आग्रह गर्दछु ।’ उनले अब अस्पताललाई राजीनामा दिएर आफ्नो गल्ती, कमजोरी सुधार्ने बताएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here