अनुत्तरित दरवार हत्याकाण्डको १६ वर्ष र

515

११५ पुस्ते पाँचहजार वर्ष पुरानो राजतन्त्रको अन्त्यको ईतिहास

पदम श्रेष्ठ

[email protected]

गत जेष्ठको १८ गते शुक्रवार नारायणहिटी दरवार हत्याकाण्डको १६ वर्ष गाँठ स्मरण दिवस मनाईरहदा सि नेपाल ( कभभ लभउब ि) मा आवद्ध युवा जमातका अनुहारमा थुप्रै प्र्रश्नहरु झल्किरहेका थिए । हामी जन्मिएको साल वा जन्मिएर टुकुटुकु हिड्दै गर्दाको वेला भएको
आम दरवार हत्याकाण्डको किन अनुसन्धान भएन ?
के त्यत्रो जघन्य हत्याकाण्ड गर्ने युवराज दिपेन्द्रनै थिए त ?
हत्याकाण्डमा अन्य उपस्थित गैर राजपरिवार एक जनाको पनि शरीरमा गोली नलाग्ने हुन सक्छ कहिं ?
सवैभन्दा उदेक लाग्दो सवाल सर्वसाधारणको हत्या वा अन्य दुर्घटनामा मृत्यु हुदा त पोष्ट मार्टम हुन्छ भने राजपरिवारको वंशहत्या हुँदा किन पोष्टमार्टम गरिएन ?
दरवार हत्याकाण्ड भएको त्रिभुवन सदन हतारहतार भत्काउनुको कारण के हो ?
माओवादी जनयुद्धले गणतन्त्रको माग गर्नु,,,
घोर राजाबादी काग्रेंसको नेतृत्व तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाकै अगुवाईमा गणतन्त्र घोषणा हुनुलाई स्याल कराउनु कुखुरा हराउनु मात्र भनि आँखा चिम्लन सक्ने स्थिति रहला र ?
आदि ईत्यादि प्रश्नहरु श्रद्धाञ्जली दिनेहरुका थिए प्रत्यक्ष अप्रत्यक्ष रुपमा तर,, स्मरण दिवस संस्था,, सि नेपाल –कभभ लभउब िका संयोजक सुनिल थापा भन्छन् हाम्रो नारायणहिटी हत्याकाण्ड विश्वकै ईतिहासमा एउटा आश्चर्यचकित दुर्घटनालाई प्रत्येक वर्ष स्मरण गर्नु वाहेक कुनैपनि आग्रह पुर्वाग्रह छैन् ।
मानदेव प्रथमद्वारा आफ्नै धर्मपिता धर्मदेवको हत्याको साक्षी नारायणहिटीदरबारमा ने.सं. १११३ (२०५८) जेठ १९ गते राति ९.१५ बजेको राजपरिवार हत्याकाण्डले राष्ट्रलाईनै किकर्तव्यविमुढ बनाईदिएको थियो । शक संवत् ३८६ देखि ४२७ सम्म राजगद्दी सम्हालेका मानदेव प्रथमले पनि अञ्जानमा नारायणहिटीमानै आफना धर्मपिता धर्मदेवको हत्या गरी रक्तरञ्जित तुल्याका थिए । नेपाल वंशावली अनुसार, देशमा खडेरी परी उपत्यकाका सम्पूर्ण ढुङ्गेधारा,नदि, पोखरी सुक्दा जनता आकुलव्याकुल भई ठूलो विखलबन्दमा परेछ । ज्योतिषलाई देखाउ“दा ३२ लक्ष्यणयुक्त व्यक्तिलाई बलि दिए पानी आउने सल्लाह दिएछन् । तर ३२ लक्षणले युक्त आफू बाहेक नदेखेपछि धर्मदेवले देश रक्षार्थ राजकुमार मानदेवलाई आदेश दिए,, भोलि बिहानै काग कराउनुअघि नारायणहिटीमा सेतो कपडाले ढाकिएको डल्लो हुनेछ,, त्यसलाई दुई टुक्रा हुनेगरी काटिदिनू । आदेश राजकुमारले पालन त गरे तर काटिएको वस्तु स्वयम् धर्मदेव थिए । पछि थाहा पाएका मानदेव प्रथमले पापमोचनार्थ बौद्धदेवी बज्रयोगिनीको ध्यान गर्न सा“खु पुगे उनै देवीको आज्ञाअनुसार कश्यपबुद्धको अस्थि राखी बौद्ध स्तूप बनाएको बताइन्छ । पिता हत्याको पापमोचनार्थ बौद्धनाथको स्तूप त बनाए तर नारायणहिटी धाराले पापीको अनुहार नहेर्ने ब्रम्हदण्ड स्वरूप उल्टो फर्किएको आख्यान छ । तत्कालीन अवस्थामा राजदरबार थियो वा थिएन अनुसन्धानकै विषय भए पनि, नारायणहिटी हत्याकाण्ड भएको दरबार वीर शमशेरद्वारा राजा पृथ्वीवीरविक्रम शाहको जन्मोत्सवमा उपहार प्रदान भएको बताइन्छ । ने.सं. ९६७ मा जङ्गबहादुर राणाका भाई रणोद्दीपकालागि बनाएको नारायणहिटी राजदरबारमा हाल संग्रहालय र गणतान्त्रिक टावर रहेको छ । कोतपर्व, भण्डारखाल पर्व जस्ता जघन्य हत्याकाण्डबाट रङ्गिएको हनुमान्ढोका दरबारभित्र नासल चोकमा राज्याभिषेक हु“दैआए पनि स्वर्गिय राजा महेन्द्रबाट नया“ आधुनिक भवन निर्माणपछि शाही आवासका रूपमा नारायणहिटी प्रयोग हु“दै आइरहेको थियो । राजा प्रताप मल्लद्वारा ने.सं. ७६९ मा निर्माण गराएको शिखरशैलीयुक्त नारायण मन्दिर र लिच्छवीकालीन हिटी अर्थात् ढुङ्गेधाराको संयुक्तस्वरूप नारायणहिटी राजदरबार हो । यसै दरबारभित्र भगवान बुद्धको देशलाई शान्ति क्षेत्र घोषणा गरिनुपर्छ भनि लागेका राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन र अधिराजकुमारी श्रुतिसहित राजपरिवारका अन्य सदस्यको अस्वाभाविक हत्याले एक हजार पा“च सय ३७ वर्षअघिको धर्मदेवकालीन हत्याकाण्डलाई समेत माथ तुल्याइदिएको थियो ।

११५ पुस्ते राजतन्त्रको ईतिहास
नेपालमा गोपाल, अहिर, किरात, सोम , लिच्छवि, मल्ल र शाह जुनसुकै वंशजले शासन गरे पनि कालान्तरमा सबै नेपाल मण्डलमा नेवार बनेर समाहित हुने गरेको कारण नेवार जात नभै नेपालीको पर्याय अर्थात विविध नश्ल, धर्म– संस्कृतिको संयोजनमुखी सुमदाय बन्न गएको छ । भन्नेहरुले पृथ्वीनारायण शाह देखि ज्ञानेन्द्र सम्मको करिव दुईसय ४० वर्षको १३ पुस्ते राजतन्त्र अन्त्य भन्ने गर्छन तर वास्तविकतामा त्यसो नभै गोपालकाल देखि शाहका सम्म करिव ५ हजार वर्ष भित्र ११५ पुस्ते राजतन्त्रको अन्त्य भएको छ ।
नेपालमा ५९१ वर्ष ८ पुस्ता गोपाली वंशले राज्य गरे । यसका प्रथम भुरिमाघ(भुक्तमान) का पुर्खाले पशुपतिनाथ उत्खनन गरी ९ थरे नेवार (भण्डारी, विशेत, कुश्ले, डंगो, महर्जन, राजोपाध्याय, वैद्य, पोडे, खड्गी) द्वारा संरक्षित हुँदै आईरहेको छ । जहाँ प्रत्येक वर्ष शिवरात्री, तीजमा राजपरिवार तथा राष्ट्रप्रमुखको उपस्थिती हुँदै आइरहेको छ । त्यसैगरी महिषपाल शासक भुलसिंह (वीरसिंह),जयसिंह –(जयमति ंिसह) र भुवनसिंहद्वारा ११२ वर्ष शासन चलाउँदा तलेजु पूजन, राँगाको मासु, जाँडरक्सी, अण्डा आदि तामसिक पूजा चलाए । जुन परम्परालाई प्रत्येक वर्ष दशैंमा हनुमानढोका तलेजु पूजामा राजा पुगी तान्त्रिक पद्धतिलाई आत्मसात गर्दै आइरहेको पाईन्छ ।
नेपालका प्रमुख किराती शासकहरूले यलम्वरदेखि गास्तीसम्म २९ पुस्ता १,११८ वर्ष शासन गरे । संस्कृतिविद इन्द्र माली भन्नुहुन्छ–अन्तिम किराती राजा गास्तीका वंशज गथु –(माली) थकालीका हातबाट गद्दीनसीन राजाले खड्ग साट्ने परम्परा कायमै थियो । यसलाई कसरी निरन्तरता दिने, छलफलको विषय बनाईनुपर्दछ । सोमवंशी शासक निमिषदेखि भूमिवर्मासम्म छ पुस्ता, लिच्छवि शासक सुपुष्प, जयदेव द्वितियदेखि १७ पुस्ता, पालवंशी शासक धर्मपाल, देवपालपछि पुनःलिच्छवि शासक भोजदेवदेखि शंकरदेवसम्म ६ पूता नेपालका शासक भए । लिच्छवि शासक नरेन्द्रदेवको राज्यकालमा शुरू भएको रातो मच्छिन्द्रनाथ –(बुङ्गोद्यो), भोटो देखाउने जात्रामा गद्दीनसिन राजा राष्ट्रप्रमुख उपस्थिती हुँदै आइरहेको पाईन्छ । यसैबिच सूर्यवंशी राजपुत बामदेवदेखि सोमेशवरसम्म ६ पुस्ता, कर्णाटक वंशीय नान्यदेवदेखि यक्षदेव मल्लसम्म ८ पुस्ता, मल्ल शासक अरि मल्लदेखि यज्ञ मल्ल, तेजनरसिंह, ज्योतिप्रकाशदेखि र जयप्रकाश मल्लसम्म २८ पुस्ताले नेपालमा राज्य गरे । यसबीच प्रादुर्भाव भएको पाटन कृष्णमन्दिर सभ्यता होस् वा भक्तिपुर नवदुर्गा, गणनृत्य, घोडेजात्रा होस् वा इन्द्रजात्रामा राष्ट्रप्रमुखको उपस्थिती हुँदै आइरहेको छ । पृथ्वीनारायण शाहदेखि शुरू भएका शाह र राणा वंशीय शासनसत्ता अन्ततः १३ पुस्ते राजा ज्ञानेन्द्रको पालामा पाखा त लागेको छ , उपत्यकाको जात्रा पर्वमा राष्ट्रप्रमुखको हैसियतबाट कसलाई ल्याउने भन्ने निर्णय नेवार समुदायले गर्न पाईने हो कि होइन भन्ने प्रश्न बनेको छ ।

गोपाल वंशी राजाहरू
४९१–५९१ वर्षसम्म ८ पुस्ता शासन
(गोपालीद्वारा उत्खनन गरी पशुपतिनाथको दर्शन गर्ने परम्परा बसाएका थिए । )
१) भूमिमाघ –(भुक्तमान) २) जय गुप्त प्रथम ३) परम गुप्त ४)श्रीहर्ष गुप्त ५) भीम गुप्त ६) मुनि गुप्त ७) विष्णु गुप्त ८) जय गुप्त द्वितीय –(यक्ष)
सिम्रौनगढबाट प्रथा दशैंमा तजेजु दर्शन राजपरम्परा हुँदै आईरहेको छ ।
१) भूलसिंह –(वरसिंह) २) जय सिंह .(वयमति सिंह)
किराती शासक
(किराती शासक गस्तीका वंशजसँग खड्ग साट्ने परम्परा)
१) यलम्बर (यलुङ्ग) २) पवि –(दुस्खम) ३) स्कन्ध –वलञ्च)
४) बलम्ब –(कङ्ले), ५) हुति –(हुनन्तर) ६) हमति (तुस्ख)
७) जितेदास्ती (सुपुस्त) ८) गातिज –(पर्व) ९) पुष्क १०) सुयर्मा (पश्चम) ११) पप –(किङ्ककिङ्ककिङ्क), १२) बङ्क (सुनन्द)
१३) स्वनन्द –(थोमु) १४) स्थुङको –(जघ्रु) १५) जिंब्रोर (जनरेच्रो)
१६) नाने (स्वींख १७) लुकर १८) थोर १९) थोको २०) बर्म २१) गुज २२) पुष्कर २३) केश (सुध्री) २४) सुजर (जोश) २५) एस (गोन्थो ) २६) गुणम –(खेम्भू) २७)खिम्बू –(गलिजङ) २८) पटुक २९) गास्ती
२९ पुस्ता १११८ वर्षसम्म शासन गरे । यिनै अन्तिम किराती राजा गास्तीको वंशज गथु समुदायले प्रत्येक वर्ष १२ वर्षको एक पल्ट गद्दीनसीन राजासँग गद्दी साट्ने परम्परा छ ।
लिच्छवि शासक (सोमवंशी)
१) निमिष (सोमवंशी) ई.स.२०० मा
२) मताक्ष ३) काक बर्मा ४) पशुपे्रक्षदेव ५) भाष्कर बर्मा (सन्तानविहीन भएपछि ) सूर्यवंशी राजपुत ६) भूमि बर्मा (चन्द्रबर्मा, चन्द्रगुप्त, मगध विक्रमादित्य)
लिच्छवि वंश (वैशालीका सुपुष्पसहित २३ राजा)
१) जयदेव –द्वितिय) एघार राजा २) वृषदेव ३) शंकरदेव –(प्रथम)
४) धर्मदेव ५) मानदेव प्रथम –चाँगु÷पशुपतिमा उल्लेख छ र्इं.स. ३८६,मानाङ्क मुद्रा ) ६) शिवदेव प्रथम ७) उदयदेव द्वितीय हुनुपर्ने राजा नर्भ धु्रवदेव भए । ८) अंशुवर्मा (ज्वाईराजा) ९) विष्णु गुप्त आभीरवंशी १०) नरेन्द्रदेव ११) राघवदेव १२) जयदेव –(द्वितिय) १३) विक्रमदेव १४) नरेन्द्रदेव द्वितिय १५) गुणकामदेव –काष्ठमण्डप नगरका निर्माता) १६) उदयदेव १७) निर्भयदेव
यसपछि नेपालमा पालवंश
१) धर्मपाल (८०० ई.स.) २) देवपाल –(बीचमा गज्याङमज्याङ पछि ) पुन ः लिच्छवि वंश
१) भोजदेव २) लक्ष्मीकामदेव –(प्रथम) ३) जयकामदेव प्रथम ४) भास्करदेव ५) पदमदेव ६) शंकरदेव
सुर्यवंशी राजपुत
१)बामदेव २) हर्षदेव ३) शिवदेव तृतिय ४) मानदेव चतुर्थ ५) नरेन्द्र द्वितिय, आनन्ददेव, नरसिंहदेव, रूद्रदेव, अमृतदेव, मित्रदेव
६) सोमेश्वरदेव
कर्णटवंशी
१) नान्यदेव (रघुवंशी) २) गङ्गादेव ३) नर सिंह ४) राम सिंह ५)शक्ति सिंह ६) भूपाल सिंह ७) हर सिंह –(हरयुत्सिंह )
मल्ल वंश
१) अरि मल्ल २) अभय मल्ल ३) जयदेव ४) जयभीमदेव ५) जयसिंह ६) अनन्त मल्ल ७) जयनन्द ८) रूद्र मल्ल ९) हरसिंहदेव १०) जगतसिंह
११) जयस्थिती मल्ल (सुधारका नाममा मनस्मृति अनुसार सतीप्रथा ब्राम्ह्ण, क्षत्री, वैश्य, शुद्र नियम लागु गर्ने राजा १२) यक्ष मल्ल (राज्य विभाजन )
भक्तपुरका राजवंश काठमाडौका राजवंश ललितपुरका राजवंश
१.राय (राम मल्ल) रत्न मल्ल सिद्धिनरसिंह
२.सुवर्ण (भुवन) मल्ल अमर मल्ल श्री निवास मल्ल
३.प्राण मल्ल सुर्य मल्ल योगनरेन्द्र मल्ल
४.विश्व मल्ल नरेन्द्र मल्ल लोकप्रकाश मल्ल
५.जयज्योति मल्ल महिन्द्र मल्ल योगप्रकाश मल्ल
६.नरेन्द्र मल्ल (नरेश) सदाशिव मल्ल विष्णु मल्ल
७.जगतप्रकाश मल्ल शिव सिंह राज्यप्रकाश
८.जितामित्र मल्ल हरिहर सिंह विश्वजित
९.भुपतिन्द्र मल्ल लक्ष्मीनरसिंह मल्ल दलमर्दन शाह –(गोर्खा)
१०.रणजीत मल्ल प्रताप मल्ल तेजनरसिंह मल्ल
चक्रवतीन्द्र जगतजय मल्ल
नृपेन्द्र मल्ल जयप्रकाश मल्ल
भूपालेन्द्र मल्ल ज्योतिप्रकाश मल्ल
भास्कर मल्ल
शाह वंश
१.पृथ्वीनारायण शाह २.प्रतापसिंह शाह –(सिंहप्रताप शाह) ३.रणबहादुर शाह (राजेन्द्रदेवी नायवी)४.गीर्वाणयुद्ध
५.राजेन्द्र विक्रम शाह ६.सुरेन्द्र विक्रम शाह ७.त्रैलोक्य वीरविक्रम शाह ८.पृथ्वी वीरविक्रम शाह ९.पृथ्वी वीरविक्रम
१०.३ वर्षीय नाति ज्ञानेन्द्र नायबी राजा ११.महेन्द्र वीरविक्रम शाह १२.वीरेन्द्र वीरविक्रम शाह १३.ज्ञानेन्द्र वीरविक्रम
राणा शासकहरू
१.जङ्गबहादुर राणा २.राणोपदीसिंह राणा ३.वीर शमशेर ४.देव शमशेर ५.चन्द्र शमशेर ६.भीम शमशेर ७.जुद्ध शमशेर ८.पदम शमशेर ९.मोहन शमशेर
अन्त्यमा हामीले नेपालमा एक वंशबाट वंश पदार्पण गर्दा राणा र लिच्छविबाहेक जसरी खासै जन–धन युद्ध व्योहोर्नु परेन । त्यसैगरी ११५ पुस्ते राजवंशीको अन्त्य भई कार्यान्वयनमा पनि, तर माओवादीद्वारा सञ्चालित १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनले १३ हजार शहीद र लाखौं व्यक्तिहरूको अङ्गभङ्ग भएको थियो भने त्यत्तिकै सङ्ख्यामा विस्थापित पनि हुनुपरेको तीतो यथार्थ नेपाली सामु रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here