नेताहरुलाई सेना प्रमुखको सन्देश

155

काठमाडौं/ नेपालको राजनीतिक माहोल जटिल मोडमा पुगिरहेको वर्तमान स्थितिप्रति नेपाली सेनाले फेरि पनि आफ्नो प्रतिबद्धता दोहो¥याएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले फेरि एकपटक बिखण्डनकारीहरूलाई चेतावनी दिंदै देशलाई बिखण्डन हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
स्थानीय तहको निर्वाचन पनि तीन चरणमा गर्न लागिएको स्थितिमा नेपाली सेनाले राष्ट्रिय स्वाधीनताप्रति देखाएको चासो वास्तवमै गम्भीर र अर्थपूर्ण देखिन्छ । नेपाली सेनाले अहिले नेपालको राजनीतिक अवस्था र तराईमा विखण्डनकारी गतिविधिप्रति गम्भीर रूपमा निगरानी गरिरहेको विज्ञप्ति यसअघि पनि पटक–पटक जारी गरेको थियो ।
पछिल्लो समय आन्दोलन बिथोल्ने नाममा तराईमा भइरहेको हिंसात्मक आन्दोलनलाई सेनाले ध्यान दिइरहेको जनाएको हो । सेनाले राजनीतिक अवस्था, चुनावी मिति र दलगत सम्झौता जे भए पनि मुलुकमा पछिल्लो समय भइरहेको चलखेललाई सूक्ष्म अनुगमन गरिरहेको जनाएको छ । सेनाको यस्तो विज्ञप्ति आउनुमा साँच्चै चुनाव बिथोल्ने र मुलुकलाई टुक्र्याउन खोज्ने विखण्डनकारीहरू सल्बलाइरहेको महसुस गर्न सकिन्छ । विशेषगरी राजपाले सहमति भइसक्दा पनि आन्दोलन नरोक्नुले उनीहरू चुनावको विपक्षमा रहेको बुझ्न सकिन्छ नै । साथै, राजपाका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरलाई विखण्डकारी बिल्ला भिरेका सिके राउतले चुनाव बहिष्कार गर्ने तरिका सिकाउँदै गरेको समाचार सार्वजनिक भइरहँदा पनि उनीहरूको तर्पmबाट देखिएको मौनताले मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको बुझ्न सकिन्छ । अहिले राज्यको संक्रमणकाल, कमजोर तथा अस्थिर सरकारको फाइदा विखण्डनकारीले लिइरहेको सेनाको ठम्याइ पनि छ । सेनाले भनेको छ, ‘राजनीतिक द्वन्द्वमा हाम्रो भनाइ केही छैन, तर विखण्डनकारी गतिविधि सेनाले सहेर बस्ने छैन, सेनाले सचेततापूर्वक हेरिरहेको छ ।’
तराईमा अहिले आन्दोलनका नाममा जुन विद्रोह गर्न खोजिँदैछ, त्यसलाई सतर्कतापूर्वक सेनाले अवलोकन गरिरहेको जनाएको छ । अहिले विखण्डनकारीहरूको मनसाय पनि तराईमा सरकारको उपस्थिति कमजोर बनाउनु हो । सरकारलाई चुनाव गर्न असफल बनाउन सके जनताको मनमा राष्ट्र, राष्ट्रियताको भावना क्रमशः हराउँदै जाने विखण्डनकारीहरूको अपेक्षा छ । त्यसकारण पनि सरकारलाई निस्तेज पार्न विभिन्न व्यवधानहरू खडा गरिँदै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here