वामपन्थी दलहरू वाम मतदाताको सम्मान गर !

132

–निमकान्त पाण्डे–

स्थानीय तहको दोस्रो चरणको निर्वाचन परिणाम एमालेको पक्षमा नजाने विश्वासमा रहेका सत्तारुढ राजनीतिक दलहरू र मधेस केन्द्रित राजनीतिक दलका नेताहरूका सपना भंग हुने गरी परिणाम सार्वजनिक भइरहेको छ । परिणामबाट एमालेपंक्ति निकै उत्साहित भएको छ । यो परिणाम एमालेको पक्षमा किन र कसरी आयो भन्ने विश्लेषण गर्नतर्पm एमाले नेतृत्वले ध्यान पु¥याउन जरुरी छ । नेपाली जनता नेकपा (एमाले)को नेतृत्वले भारतीय नाकाबन्दीका विरुद्ध लिएको अडानबाट निकै प्रभावित भएका थिए । भारतीय हस्तक्षेपबाट पीडित भएका नेपाली जनताले भारतीय हस्तक्षेपकै विरुद्ध अडान लिने पार्टीलाई समर्थन जनाउनु स्वाभाविक हो । एमाले नेतृत्वले प्राप्त गरेको स्थानीय तहको निर्वाचनको परिणाम त्यही देशभक्ति अडानका लागि हो भन्ने कुरा बुझ्न जरुरी छ । यो मत परिणामको विश्लेषण यत्तिमा मात्र सीमित रहन सक्दैन, एमाले नेतृत्वको देशभक्ति अडानसँगै सत्तारुढ राजनीतिक दलहरू नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूमा देखिएको भारत सरकारलाई रिझाउने लम्पसारवादी प्रवृत्तिका विरुद्धमा पनि यो जनमत निर्देशित छ । संविधान संशोधनका कसरत र तराई र पहाडी क्षेत्रलाई अलग्याउने भारतीय योजनाको कार्यान्वयनका निम्ति भएको सत्ता सहमतिलगायतका गतिविधिविरुद्ध पनि एमालेको पक्षमा जनमत देखिएको हो । यो सत्यलाई अस्वीकार गर्नु भनेको थप असफलतातर्पm ओह्रालो लाग्नु बाहेक अरु केही हुने छैन ।

स्थानीय तहका दुई चरणका निर्वाचन परिणामको एउटा सन्देश के पनि हो भने नेपाली जनता वामपक्षीय छन् । एमालेले प्राप्त गरेको मत र माओवादी केन्द्रले प्राप्त गरेको मत दुवै वामपक्षीय हुन् । यो चुनावी परिणामले सिंगो मुलुक वाममय छ भन्ने सन्देश प्राप्त भएको छ । दक्षिणपन्थी र यथास्थितिवादी सीमित शक्तिहरूले समेत स्वीकारेका छन् कि उनीहरूको मातहतमा रहेका जनताको मनोभावना पनि वामपन्थी दलहरूप्रति नभए पनि विचार र उद्देश्यप्रति लक्षित छ । तर, केही वाम पार्टीहरूका नेतृत्वमा रहेका व्यक्तिहरूको संकुचित सोचले गर्दा देश र जनताका साझा मागहरूप्रति वामशक्तिले सम्बोधन गर्न सकिरहेको छैन । आखिर यस्तो किन भइरहेको छ ? नेताहरूमा वैचारिक स्खलन किन बढिरहेको छ ? यी प्रश्नहरू दिनहु“ गम्भीर बन्दै गइरहेका छन्, जसले मुलुकको वामआन्दोलनलाई नै चुनौती दिनसक्ने देखिन्छ । मतदाता मात्र नभएर चुनावलाई अस्वीकार गर्ने अर्काे जमात पनि वामपक्षीय छ । विप्लव नेतृत्वको नेकपाले चुनावप्रति देखाएको असन्तुष्टि र त्यो पक्षका विरुद्ध सरकारले चलाएको दमन नीतिबाट पनि यो कुरा पुष्टि हुन्छ । त्यसैले विद्रोहको आगो अझै निभेको छैन र त्यो आगो वामपक्षीय असन्तुष्टिमा केन्द्रित छ भन्ने कुरालाई अस्वीकार गर्नुहुँदैन ।

सत्ता सञ्चालनमा नेपाली कांग्रेसको नेतृत्व रहेको भए पनि वर्तमान सत्ता गठबन्धन माओवादी केन्द्रको बलबाट टिकेको हो भन्ने कुरामा विवाद छैन । त्यसैले वर्तमान सत्ता माओवादी केन्द्रको पदचिन्हमा चल्नु उसको बाध्यता हुन्छ । माओवादी केन्द्रको अडान देशभक्ति हुने कुरामा शंका गर्न सकिन्न । तथापि यदाकदा देखिने सत्ता गठबन्धनका गतिविधिहरूबाट भने माओवादी केन्द्रलाई नेपाली कांग्रेसको नेतृत्वले वैचारिक धरातलबाट खसाल्दै छ भन्ने संकेत पनि मिल्ने गर्दछ । मधेस केन्द्रित दलहरूका अडानमा नेपाली कांग्रेसको समर्थन र त्यसमा माओवादी केन्द्रका नेताहरूको लचकताले यो संकेत गर्दछ । माओवादी केन्द्रका नेताहरूले देखाएको व्यावहारिक लचकताले त्यस पार्टीलाई क्षति पु¥याइरहेको छ । युद्ध स्थगन गरेर शान्तिप्रक्रियामा रूपान्तरित हुँदाको माओवादी र आजको माओवादीमा धेरै फरक देखा पर्दछ । आज एमालेले प्राप्त गरेको जनमत माओवादीको पक्षमा रहनु पर्ने हो । माओवादीको पक्षमा जनमत नरहनुको पछाडि माओवादीका नेताहरूमा देखिएको वैचारिक विचलन र राष्ट्रिय स्वाधीनताप्रतिको अत्यन्त आत्मसमर्पणवादी दृष्टिकोणको परिणाम हो । यो तीतो सत्यलाई स्वीकार गर्न जति ढिलो गरिन्छ, त्यत्ति नै निराशाजनक परिणाम माओवादीले देखिइरहनुपर्ने निश्चित छ ।

सरकारमा वामपक्षको सशक्त उपस्थिति छ र विपक्षमा पनि वामपन्थीकै पकड छ । सडकमा पनि वामपन्थी सशक्त आवाज मुखरित भइरहेको छ । यो स्थितिले हाम्रो देशमा झण्डै दुई तिहाइ जनमत वामपन्थीको पक्षमा छ भन्ने स्पष्ट हुन्छ । देशको सिर्जनशील युवा पुस्ता सिंगै वामआन्दोलनमा सहभागी रहेको छ भन्दा पनि फरक पर्दैन । राज्यको कर्मचारी संयन्त्र, ट्रेड युनियनहरू, विद्यार्थी, शिक्षक, प्राध्यापक, संचारकर्मीहरू र बुद्धिजीवी तथा समाजका हरक्षेत्रका वर्गहरू वामपक्षीय नै छन् भन्ने कुरा स्थानीय तहको दुई चरणको निर्वाचन परिणामले देखाएको छ । नेपाली जनता परिवर्तनको पक्षमा देखिएका छन् र परिवर्तनको संवाहक वामपन्थी शक्ति नै हो भन्ने विश्वास नेपाली जनतामा रहेको छ भन्ने सन्देश निर्वाचन परिणामले दिएको छ ।

वामपन्थी दलहरूमा देखिएको जु“गाको लडाइ“कै कारण सत्ता राजनीतिको दौडमा अस्तित्वविहीन राजनीतिक औकात रहेका क्षेत्रीय तथा सामप्रदायिक समूहहरूले भाग खोज्ने र अवसर पाउने गरिरहेका छन् । विगतकालमा निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्ध कठिनतम संघर्ष गरेका त्यागी व्यक्तित्वहरू राजनीतिबाट किनारा लागिरहेको अवस्था विद्यमान छ । प्रहरीका दमन र पञ्चायती व्यवस्थाका विरुद्ध लाग्दा भोग्नुपरेका जेल यातना आजका सत्ता अवसर प्राप्त व्यक्तिहरूले अनुभव गर्न परेन । वर्तमान राजनीतिक परिवर्तन २०६२÷०६३ जनआन्दोलनबाट मात्र आएको होइन । यो परिवर्तनका लागि माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्ध मात्र पनि जिम्मेवार छैन । यथार्थमा भन्ने हो भने २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएदेखि २०६२÷०६३ जनआन्दोलनसम्म आइपुग्दा त्यसबीचमा भएका तमाम घटनाक्रमहरू राजनीतिक परिवर्तनका निम्ति जिम्मेवार छ भन्ने कुरा सत्य हो । नेपालमा वामपन्थीहरूबीच जुँगाको लडाइँका कारणबाट पार्टी विभाजनका दुःखद्हरू हुँदै आएका छन् । वामपन्थी पार्टीहरूबीच एकता नभएकै कारण देशको स्वाधीनतामाथि खतरा भइरहने गरेको छ । देशमा जातीय, क्षेत्रीय तथा भौगालिक स्वतन्त्रताका नारा लाग्नुका पछाडि पनि वामपन्थीहरूबीचको अनमेलकै कारण हो । जातीय तथा क्षेत्रीय राजनीतिले प्रश्रय पाउने अवस्था रहिरह्यो भने मुलुक विखण्डनको सम्भावना पनि रहिरहने छ । यसको अन्त्यका लागि वामपन्थी राजनीतिक दलहरूमा स्पष्ट राजनीतिक दृष्टिकोण जरुरी हुन्छ । त्यो भनेको वर्गीय चिन्तन हो । वर्गीय चिन्तनमा आधारित राजनीतिलाई जातीय, क्षेत्रीय र धार्मिक चिन्तनले समाप्त तुल्याइरहेको छ । यो अवस्था वामपन्थी दलहरूका लागि चुनौती हो, एमाले पार्टीले विजय हासिल गरोस् वा अन्य कुनै कम्युनिष्ट आवरणका वर्गीय चिन्तन नभएका पार्टीहरूले विजय हासिल गरुन् त्ये वामपक्षीय मतदाताहरूको पक्षमा परिणामदायी हुने छैन भनेर अहिले नै ठोकुवा गर्न सकिन्छ । जनताको चाहनालाई सम्बोधन गर्ने प्रष्ट उद्देश्य लिइ वाम एकतालाई जोड दिने हो भने वर्तमान राजनीतिक अवस्थामा आफ्नो इच्छाअनुसार वामशक्तिले सत्ता चलाउन सक्ने स्पष्ट छ । वर्तमान अवस्थामा वामशक्तिस“ग प्रतिस्पर्धा गर्ने कुनै पनि शक्ति नेपालमा नरहेको र लामो समयसम्म जन्मिन नसक्ने स्थिति पनि विद्यमान छ । जनमतको भारी बोकेर सदन र सरकारमा पुगेका वाम नेताहरूले जुन लज्जास्पद हविगत देखाएका छन्, त्यसले जनशक्तिको अपमान गरेको छ । जनताको नेतृत्व गर्दै अपराजित शक्तिको रूपमा सरकार र सदनमा पुगेको वामशक्ति वामशक्तिकै षड्यन्त्रबाट उछिट्टिएर सडकमा पुग्नु भनेको जनमतको अपमान सिवाय केही होइन । यो जान्दा–जान्दै पनि वाम एकताको आवश्यकता नदेख्नु जनचाहना विपरीतको राष्ट्रघाती चिन्तन हो । राष्ट्रघाती चिन्तनलाई जनताले पटकपटक पछार्दै आएका छन् । सबैलाई चेतना भया !  जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here