काठमाडौं । कैलाश विकास बैंकलाई नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्था (आईक्यान)ले उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन सम्मान–२०१६ प्रदान गरेको छ । बैंकले चौथोपटक यो सम्मान प्राप्त गरेको हो ।
राष्ट्रियस्तरको विकास बैंकका रूपमा कारोबार गरिरहेको कैलाशले संस्थागत सुशासन, पारदर्शिता, जवाफदेहिता, दिगो वृद्धि, स्तरीय ग्राहक सेवा जस्ता विषयलाई प्राथमिकतामा राख्दै सेवा दिँदै आएको बताएको छ । हाल २ अर्ब २९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले असार मसान्तसम्म १७ अर्ब १७ करोड निक्षेप सङ्कलन गरी १५ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सो अवधिमा बैङ्कको सञ्चालन मुनाफा ७६ करोड रुपैयाँ छ ।