राष्ट्रपतिबाट सञ्चारमाथि राजाकालीन विभेद

195

काठमाडौं/ मुलुकको शासनपद्धति र शासक फेरिए पनि प्रवृत्ति भने अझै फेरिएको छैन भन्ने कुरा राष्ट्रपति विद्या भण्डारीको कार्यालयमा देखिएको छ । गत सोमबार भएको नयाँ प्रधानन्यायाधीशको शपथग्रहण कार्यक्रममा राष्ट्रपति कार्यालयले निजी क्षेत्रका सञ्चारमाध्यमलाई प्रवेश नदिएपछि सञ्चार क्षेत्र राष्ट्रपतिको कार्यशैलीप्रति असन्तुष्ट बनेको छ ।
राष्ट्रपति कार्यालयले प्रधानन्यायाधीशको शपथग्रहणको समाचार संकलनमा सरकारी र निजी भनेर विभेदको नीति लिएको पाइयो । राष्ट्रपति कार्यालयमा हुने यस्ता औपचारिक कार्यक्रममा निजी क्षेत्रका सञ्चारमाध्यमलाई प्रवेशमा रोक लगाइएको यो पहिलो पटक भने होइन । पछिल्लो एक वर्षदेखि शीतल निवासले प्रधानमन्त्रीको शपथबाहेक अन्य औपचारिक कार्यक्रममा निजी क्षेत्रका सञ्चारमाध्यमलाई रोक लगाउँदै आएको छ । -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here