निर्णायक बन्ने भो भरतपुरको १९ नम्बर

98

काठमाडौं/ सर्वाेच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गराउने आदेश गरेपछि यो वडा निर्णायक बन्ने भएको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले गत आयतबार पुनः मतदान गराउने यसअघिको निर्वाचन आयोगको निर्णय सदर गर्दै, आयोगको निर्णय खारेजीको मागसहित एमालेका वडा अध्यक्षको उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसी पाण्डेले दायर गरेको रिट खारेज गरेको छ । १४ जेठको राति मतगणना अन्तिम चरणमा पुगेको समयमा मतपत्रहरू च्यातिएपछि मतगणना रोकिएको थियो । मतगणनामा माओवादी केन्द्रकी मेयरकी उम्मेदवार रेणु दाहाल एमालेका उम्मेदवार देवी ज्ञवालीभन्दा करिब ७ सय भोटले पछाडि परेकी थिइन् । एमालेले भने भरतपुर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्ने सर्वाेच्चको फैसलालाई दुर्भाग्यपूर्ण भनी टिप्पणी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here