पार्टी मातहतका संगठनलाई ओलीको चेतावनी

149

काठमाडौं/ एमाले अध्यक्ष केपी ओलीले पार्टीनिकट संगठनभित्र विवाद देखिए हस्तक्षेप गर्ने चेतावनी दिनुभएको छ । नेपाल निजामती कर्मचारी संगठनले राजधानीमा आयोजना गरेको सहिद मनोज–झपेन्द्र स्मृति दिवसको अवसरमा ‘संघीयतामा कर्मचारी समायोजन र संघीय निजामती ऐन’ विषयक विचार गोष्ठीमा ओलीको संगठनबीच विवाद आए हस्तक्षेप गरी विघटन गर्न सकिने विचार राख्नु भयो । कर्मचारी संगठन युवा विद्यार्थी महिलाजस्तो नभएको भन्दै ओलीले पार्टीको एउटा बौद्धिक खम्बाको रूपमा कर्मचारी संगठन रहेको विचार राख्नु भयो । अध्यक्ष ओलीले आगामी मंसिरसम्म एमालेको बहुमतको सरकार बन्ने दाबी पनि गर्नु भयो । कर्मचारी समायोजन गर्न ल्याइएको एक कर्मचारीलाई मर्का नपर्ने खालको ल्याउनुपर्ने ओलीले विचार राख्नु भयो । समायोजन भएको ३५ दिनभित्र तोकिएको ठाउँमा जानुपर्ने, कर्मचारीको टे«ड युनियनको अधिकार जस्तालगायत कुरा अव्यावहारिक भएकाले सच्याउनुपर्ने ओलीको सुझाव थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here