बुद्धिनारायण श्रेष्ठ
प्रबुद्ध व्यक्ति समूहले साउन १८ गते नेपाल-भारत सम्बन्धबारे आयोजना गरेको कार्यक्रममा खासगरी सन् १९५० को शान्ति मैत्री सन्धिबारे छलफल भएको थियो । सहभागीका हैसियतमा मैले बोलें-
सन्धिको धारा १ र २ भारतले लागु नगरेको, धारा ५, ६ र ७ नेपालले बेवास्ता गरेको, धारा ८ इस्तेमाल नै हुन नसकेको र धारा १० अनुसार सन्धि सुधार संशोधनको प्रावधान नभई सन्धिका धाराहरु छियाछिया भइसकेको हुनाले यो सन्धि खारेज गर्नुपर्छ । खारेज नगर्ने भए एक अक्षर पनि थप घट नगरी यथावत जानसक्ने मात्र प्रावधान रहेको छ । किनकि एकै दिन भएको व्यापार वाणिज्य सन्धिको धारा १० मा चाहिं दश वर्षो अवधि रहने र फेरि अर्को दश वर्षा लागि जारी गर्न सकिने छ भन्ने उल्लेख छ । तर शान्ति मैत्री सन्धिमा त्यही शव्दावली किन लेखिएन – चित्त नबुझने पक्षले एक वर्षो सूचना दिई खारेजी हुने प्रावधान मात्र रहेको छ ।
धारा ८ बारे मैले व्याख्या गर्दा यसभन्दा पहिलेका सम्पूण् सन्धि सम्झौता रद्द भएकोले सन् १८१६ को सुगौली सन्धि पनि रद्द हुन्छ । अहिल्यै पनि नेपाल सरकार अन्तराष्ट्रिय अदातलमा गए धारा ८ ले नेपालको सिमाना पूर्वमा टिस्टा पश्चिममा किल्ला काँगडा स्थापित गर्छ ।
कार्यक्रमपछि चिया चमेनाका समय प्रबुद्ध व्यक्ति समूहका अन्तर्रराट्रय कानुन सम्बन्धी सदस्यले म समक्ष आई धारा ८ मा ‘जहाँसम्म यहाँ उल्लेख गरिएका कुराहरुको सवाल छ‘ भनिएकोले सन् १८१६ को सुगौली सन्धि रद्द हुन सक्दैन, १९२३ को सन्धि भने रद्द हुन सक्छ भन्ने कुरा गरे । उनलाई मैले प्रतिवाद स्वरुप भनें- धारा १ मा एकअर्काको पूर्ण्र् प्रभुसत्ता,क्षेत्रीय अखण्डताप्रति सम्मान र र्समर्थन गर्छन्‘ भन्ने शव्दावलीले टिस्टा-काँगडाको क्षेत्रीय अखण्डता जोडिदिन्छ नि त !
म यहाँ विद्वत् तथा वौद्धिक व्यक्तिहरुको राय प्रतिक्रिया तथा बहस जान्न चाहन्छु- शान्ति मैत्री सन्धिको धारा ८ लागु गरियो भने नेपालले गुमाएको टिस्टा-काँगडासम्मको भूमि पाउन सकिन्छ या सकिदैन ? अर्थात् सन् १८१६ को सुगौली सन्धि रद्द हुन सक्छ कि सक्दैन ?कृपया बहस चलाऔं, खास कुरा के हुन सक्छ- कृपया मलाई सुसूचित गरिदिन हुन विनम्र अनुरोध गर्दछु ।


















