लगानी विस्तार अभियानमा नेपाली सेना

442

काठमाडौं/ नेपाली सेनाको कल्याणकारी कोषमा ३९ अर्ब ५५ करोड ५ लाख ७९ हजार रुपैयाँ जम्मा भएको छ । २०७३ साल चैत मसान्तसम्म कोषको सम्पत्ति ३५ अर्ब ४७ करोड ४३ लाख ५ हजार रहेको सेनाले जनाएको छ । सो कोषअन्तर्गत विभिन्न निकायमा गरिएको लगानी ४ अर्ब ९८ करोड ४४ लाख २२ हजार रुपैयाँसमेत समावेश गर्दा २०७४ साल असार मसान्तसम्म कोषको सम्पत्ति ३९ अर्ब ५५ करोड रुपैयाँ पुगेको हो । सैनिक जनसम्पर्क निर्देशनालय तथा सैनिक कल्याणकारी योजना निर्देशनालयद्वारा संयुक्तरुपमा आयोजित पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता सहायकरथी झंकर कडायतले २०३२ सालमा १ करोड २४ लाख १ हजार नगद जम्मा गरी स्थापना गरिएको कोषको यथार्थ विवरण सार्वजनिक गरेका थिए ।

 
‘बहुजन हिताय, बहुजन सुखाय’ आदर्श नारा दिएर बहालवाला तथा पूर्वसैनिक कर्मचारी, उनीहरुका आश्रित परिवारको स्वास्थ्य, शिक्षा, आर्थिक राहत, आवास तथा बीमालगायत विभिन्न कल्याणकारी कार्यमा उपयोग गर्ने गरी सो कोषको स्थापना गरिएको कडायतले स्पष्ट पार्नुभयो । कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायकरथी प्रदीपकुमार अधिकारीले कोषबाट गरिएको आयआर्जनमूलक लगानीसँगै शान्ति सेना पर्यवेक्षकबाट प्राप्त ब्याज र शिक्षण शुल्कलगायत विभिन्न शुल्क नै कोषको मुख्य आयस्रोत भएको जानकारी दिनुभयो । सोही कोषबाट सेनाले सुनाचरी इमल्सन (विष्फोटक) प्लान्ट, स्वास्थ्य विज्ञान संस्थान (कलेज), अक्सिजन प्लान्ट, आवासीय महाविद्यालयहरु, सिभिल तथा भेट्रान्स अस्पताल, घरजग्गा लगानी, शुद्ध पिउने पानी, पेट्रोेलपम्पमा लगानी गरेको जानकारी दिंदै उहाँले सो लगानीबाट प्राप्त आम्दानी पनि कोषमा जोडिएको खुलासा गर्नुभयो । कोषमा जम्मा भएको उक्त रकममध्ये करिब ३४ अर्ब ‘क’ वर्गको बैंकमा, तीन करोड ८५ लाख ‘ख’ वर्गमा ३३ करोड ‘ग’ वर्गको वित्तीय संस्थामा मौज्दात रहेको ८२ करोडमध्ये २३ करोड असुल गर्न बाँकी रहेको सो अवसरमा जानकारी गराइयो ।

 
कोेषबाट सञ्चालित कल्याणकारी सुविधाहरुलाई विकेन्द्रीकरण गर्ने योजनाअनुरुप यो वर्षभित्रमा पश्चिमाञ्चलको पोखरा र पूर्वाञ्चलको इटहरीमा सुविधासम्पन्न क्षेत्रीय अस्पताल निर्माण गर्ने जनाकारी पनि गराइयो ।
राजधानीको शंखमूलमा सामुदायिक चिकित्सा केन्द्र स्थापना गरी सो केन्द्रबाट सेनाका अतिरिक्त सर्वसाधारण ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने सेनाले जनाएको छ ।  जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here