२ सयमा किनेको औंठीको मूल्य ६ करोड

307

एउटा महिलाको जिन्दगीलाई एउटा औठीले परिवर्तन गरिदिएको छ । लन्डनमा बस्ने सुसन ग्रेभर नाम गरेका महिलाले ३७ वर्षअघि सेकेन्ड ह्यान्डमा जम्मा २ सय रुपैयाँमा औंठी किनेकी थिइन् । हेर्दाखेरी औंठी राम्रो देखिन्थ्यो, तर यो असली हीराको औंठी रहेछ । सैंतीस वर्षसम्म औंठीको मोल थाहा नपाएकी सुुसनका एक मित्रले यो त महँगो हीरा हो भनिदिएपछि उनी दौडँदै सुन बनाउने पसलमा पुगिन् ।
त्यसपछि उनले गहना लिलामबिक्री गर्ने एक संस्थासँग सम्पर्क गरिन् र सो औंठीको मूल्य सोधिन् । औंठीको मूल्य ५ करोड ४६ लाख रुपैयाँ भनिएपछि उनले आफ्नो भाग्य चम्किएको थाहा पाइन् । पुरानो तरिकाले काटेका कारण औंठीको हीरा पत्ता नलागेको रहेछ । त्यसैले गर्दा हीरामा प्रकाश नचम्किएको उनले जानकारी पाइन् ।

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here