काठमाडौं/ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यस वर्ष सुनचाँदी व्यवसायीलाई लाग्ने करमा वृद्धि नगर्ने जनाउनु भएको छ । काठमाडौं सुनचाँदी व्यवसायी संघको पन्ध्रौं वार्षिक साधारणसभालाई उद्घाटन गर्ने क्रममा मेयर शाक्यले व्यवसायीलाई राहतका लागि तत्काल कर वृद्धिको योजना नल्याइने उल्लेख गर्नुभएको हो ।

कार्यक्रममा महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सुनचाँदी व्यवसायको यावत् समस्याहरुलाई सम्बोधन हुने गरी काठमाडौं सुनचाँदी व्यवसायी संघबाट प्रकाशित ‘व्यवसाय बहुपयोगी प्रतिवेदन २०७४’ विमोचन गर्नुभएको थियो । काठमाडौं सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यले प्रतिवेदनमा राष्ट्र बैंकबाट आयात निर्यात व्यवस्था, बहुप्रतीक्षित मापदण्ड सुनचाँदी निर्देशिका मस्यौदा, सुनचाँदी खरिदविक्री भरपाई, सुनचाँदी बहुमूल्य सुरक्षण फारम लगायतको विषय समावेश रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य, विशिष्ट सदस्य तेजरत्न शाक्य, वरिष्ठ उपाध्यक्ष माणिक रत्न शाक्य, उपाध्यक्षहरु दियेशरत्न शाक्य, विपिन रामुदामु, सदस्य सन्तोष लामिछाने लगायतको उपस्थिति रहेको थियो । संघले महासंघका ५५ जना कार्यसमितिलाई स्वागतसमेत गरेको थियो ।
राजधानीको एल्लो प्यागोडा होटलमा आयोजना गरिएको साधारणसभापश्चात् विशिष्ट व्यक्तित्व भेटघाट कार्यक्रमसमेत रहेको थियो । भेटघाट कार्यक्रममा नेपाल सरकारका रक्षामन्त्री भीमसेन दास प्रधान, वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा, पूर्व मन्त्रीहरु सुनिल थापा, हिसिला यामीलगायको उपस्थिति रहेको थियो ।

जनधारणा साप्ताहिक

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here