प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा

154

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले सोमवार बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरबाट प्रधानमन्त्री देउवासँगै गृहमन्त्री, रक्षामन्त्री र सुरक्षा अंगका प्रमुखहरु काठमाडौंबाट बाढी प्रभावित क्षेत्रमा प्रस्थान गरेको जनाइएको छ ।
पधानमन्त्री लगायतको टोलीले पूर्वका रौतहट, सुनसरी, इटहरी, सप्तरी लगायत क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ । पूर्वपछि पश्चिम नेपालको बाढी र डुबान प्रभावित क्षेत्र पनि अवलोकन गर्ने कार्यक्रम रहेको र प्रधानमन्त्रीले सुनसरीका बाढी पीडितलाई सम्बोधन गर्ने कार्यक्रम रहेको समेत जनाइएको छ ।
प्रधानमन्त्री शेरवहादुर देउवाले अवलोकन गरेर फर्किएपछि बाढी पीडितको पुनर्वासको लागि अल्पकाली र दिर्घकालीन योजना बनाउने तयारी समेत जनइएको छ । अहिले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने र न्यूनतम आवश्यकताका सामग्री राहतस्वरुप वितरण गर्ने काम रहेको छ । बाढी र पहिरोले २६ जिल्ला प्रभावित भएको र मृत्यु हुनेको संख्या झण्डै ७० रहेको जनाइएको छ ।

जनधारणा साप्ताहि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here