काठमाडौं, मनी ट्रान्सफर कम्पनी आईएमईले दशैं, तिहार र छठ विशेष ‘आईएमई छक्कापञ्जा’ अफर सार्वजनिक गरेको छ । सेवाग्राहीमुखी प्रवद्र्धनात्मक यो अफर भदौ १२ गतेदेखि मंसिर ३ गतेसम्म सञ्चालन हुने जनाएको छ । दैनिक लक्की ड्र बाट छनोट हुने ६० जनालाई सय रूपैयाँबराबरको आईएमई पे क्यास, हरेक १५÷१५ दिनमा १÷१ जना भाग्यशाली सेवाग्राहीलाई ६ लाखको जीवन बीमा र हरेक ६÷६ हप्तामा १÷१ जना भाग्यशाली सेवाग्राहीलाई १० लाख रूपैयाँ नगद प्रदान गरिने जनाइएको छ ।
यस योजनामा अन्तर्राष्ट्रिय र आन्तरिक कारोबारको हकमा पैसा पठाउनुहुने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा विजेता छानिने र विजेतालाई पुरस्कार प्रदान गर्ने जनाइएको छ । योजनामा आईएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्नेछन् । तर, आईएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट सञ्चालक तथा आईएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन नपाउने उल्लेख गरिएको छ ।
जीवन बीमा प्राप्त गर्नुहुने विजेताले सम्बन्धित बीमा कम्पनीद्वारा निर्धा्रित नियम तथा शर्तहरू पालना गर्नुपर्नेछ र आईएमईका जुनसुकै एजेण्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेका भौचरसमेत कपी योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्ने जनाइएको छ ।

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here