प्रत्यक्ष निर्वाचित कार्यकारीसहितको शासन व्यवस्थाको माग

227

काठमाडौँ । प्रत्यक्ष निर्वाचित कार्यकारीसहितको शासन व्यवस्थाको माग गर्दै आइतबार नयाँ शक्ति नेपाल पार्टीले माइतीघरमा प्रर्दशन गरेको छ ।

प्रदर्शनमा प्रत्यक्ष कार्यकारी प्रमुख भएको शासन व्यवस्थाले मात्र राजनीतिक स्थिरता हुने भन्दै नयाँ शक्तिले प्रदर्शन गरेको हो । प्रदर्शनमा ‘समृद्धि र सुशासनको आधार जनताद्वारा प्रत्यक्ष निर्वाचित सरकार’, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रिपतीय प्रणालीको लागू गरौँ’ जस्ता नारासहित नयाँ शक्तिका कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

कार्यक्रममा नयाँ शक्ति नेपालका नेता नवराज सुवेदी, नायिका करिश्मा मानन्धर, डम्बर खतिवडालगायतको सहभागिता रहेको थियो ।
A

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here