उत्तर कोरियालाई दक्षिणको जवाफः दक्षिणले पनि गर्यो ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

202

सोल(एजेन्सी) । दक्षिण कोरियाली सेनाले जमिनबाट आकासमा हान्ने खालको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाको आणविक परीक्षणपछि दक्षिणले पनि यस्तो क्षेप्यास्त्र हानेको समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाली सेनाले सोमबार बिहान जमिनबाट आकासमा हान्ने खालको क्षेप्यास्त्र हानेको सोलबाट प्राप्त समाचारमा जनाइएको छ ।

उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको आग्रहको बेवस्ता गर्दै आणविक परीक्षणहरु गर्दै आएको छ । उसले आइतबार मात्र पनि एक शक्तिशाली आणविक परीक्षण गरेको थियो र त्यो परीक्षण हाइड्रोजन बम विश्रित रहेको पुष्टी पनि भएको छ ।

दक्षिणको सेनाले सोमबारको बिहानको मिर्मिरे उज्यालोमा छोटो दुरीको हाइम्बु नामको ब्यालेस्टिक क्षेप्यास्त्र आकासतिर हानेको थियो । पछि त्यो जमिनमै फर्किएको दृश्य उनीहरुले सार्वजनिक गरेको भिडियोमा देखिएको छ ।

दक्षिण कोरियाली अधिकारीहरुले सार्वजनिक गरेको भिडियोमा उक्त क्षेप्यास्त्र हानेको दृश्य कैँद गरिएको छ । उक्त भिडियोमा दक्षिण कोरियाको एफ१५ लडाकू बिमानले जमिनबाट आकासमा हानेका क्षेप्यास्त्रका दृश्यहरु देखिएको छ ।

यसलाई उनीहरुले नै छोटो दुरीको भनी व्याख्या गरेका छन् । लम्बाई कति सम्म हो भन्ने बारेमा पनि उनीहरुले उक्त भिडियो वा सेनाको विज्ञप्तिमार्फत केही स्पष्ट गरेका छैनन् ।

देशको पूर्वी समुद्रमा सो ब्यालेस्टिक क्षेप्यास्त्रको लक्ष बनाइएको थियो । क्षेप्यास्त्रको परीक्षण सफल भएको र तोकिएको गन्तव्यमा क्षेप्यास्त्र पुगेर सकुशल फिर्ता भएको दक्षिण कोरियाली सेनाका प्रमुखले जनाएको भन्दै समाचारमा उल्लेख गरिएको छ ।

उता उत्तरले गरेको हाइड्रोजन बम परीक्षणको समाचारलाई संसारका समाचार समितिहरुले आइतबार बिहानदेखि सम्प्रेषण गरेका थिए । ती समाचारहरुमा यो घटनाबाट संसारमा ठूलो हलचल पैदा भएको मात्र नभई आणविक शस्त्रको होड बढाउने त्रासका रुपमा पनि टिप्पणी गरेका थिए ।

उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरुले उत्तर कोरियाले आइतबार बिहान हानेको हाइड्रोजन बम शक्तिशाली र सफल भएको जनाएका थिए । उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ ।

केही समयमात्र अघि पनि उसले अन्तरमहादशीय क्षेप्यास्त्र हानेको थियो । जो जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको बताइएको थियो । त्यस यता पनि उत्तरले यस क्रमलाई निरन्तरता दिएको छ ।

उत्तर कोरियाका छिमेकी देशहरु दक्षिण कोरिया र जापानले आइतबारको हाइड्रोजन बम परीक्षणको पुष्टीगर्दै यसका कारण उनीहरुको देशको भूभागका पनि भूकम्पको जस्तै कम्पन आएको बताएका छन् ।

फ्रान्सेली समाचार समितिले दक्षिण कोरिया र चीनका विज्ञहरुलाई उद्धृतगर्दै लेखेको छ– उत्तर कोरियाले क्षेप्यास्त्रहरु निर्माण गर्ने गरेको क्षेत्रमा कम्तीमा पनि छ म्याग्निच्युड हाराहारीको कम्पन आएको जनाएको छ ।

पहिलेको भन्दा यस परीक्षण धेरै शक्तिशाली रहेकोले पनि विश्वमा उत्तर कोरियाको हिजोको परीक्षणले तनाव उत्पन्न गरेको बताइन्छ । उत्तर कोरियाले यसअघि गरेको पाँचौ पटकको परीक्षणभन्दा यो कम्तीमा पनि दश गुणा बढी शक्तिशाली रहेको टिप्पणीहरु गरिएको छ ।

दक्षिण कोरियाले सोमबार गरेको परीक्षण पनि उत्तरको परीक्षणस्थलसम्म लक्ष गरिएको पाइएको छ । जसका कारण यी दुवै परीक्षणले आपसमा लक्ष गरेको देखिन्छ ।

उत्तर कोरियाले आइतबार हाइड्रोजन बम मिश्रित क्षेप्यास्त्र परीक्षण गरेको स्थानलाई लक्ष गरेर गरिएको सो परीक्षण पनि सफल भएको दक्षिण कोरियाले जानकारी दिएको छ ।

यस परीक्षणपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियाले कडाभन्दा कडा सजाय दिनसक्ने बताएका छन् । उनको यो भनाई उत्तर कोरियाप्रति लक्ष रहेको देखिन्छ ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने पछिल्लो समयमा उत्तरले गरेको आणविक परीक्षणपछि दक्षिण कोरिया जिम्मेवार रुपमा जवाफ फर्काउन सक्ने अवस्थामा किन नदेखिएको होला भनी टिप्पणी गरेका थिए।

उनले आइतबार उत्तर कोरियाले गरेको परीक्षणको लगत्तै गरेका कैयौँ ट्वीटहरुमा भनेका छन्– दक्षिणले गर्ने भनेको उत्तरसँगको शान्तिपूर्ण वार्ता सम्भव छैन तर तिमीहरु (दक्षिण कोरिया) ले गर्ने भनेको कारबाही आक्रमणको बदला आक्रमण नै हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here