इर्मा आँधीका कारण फ्लोरिडामा विद्युत सेवा बन्द, दुई जनाको मृत्यु

83

फ्लोरिडा(एजेन्सी) । क्यारेवियन क्षेत्रको सामुद्रिक आँधी इर्मा आइतबार अमेरिकी राज्य फ्लोरिडामा पुगेको छ ।

इर्माका कारण सो राज्यमा ११ लाख वासिन्दा विद्युतविहीन बनेका छन् ।

फ्लोरिडा विद्युत कम्पनीले मियामी–डाड क्षेत्रमा करिब छ लाख, ब्रोवार्ड मा करिब चार लाख र पाल्म विचमा करिब एक लाख ५० हजार मानिस विद्युत सेवा विहीन बनेका जनाएको छ ।

फ्लोरिडाको कुडजो किजमा आँधीका कारण आइतबार बिहान विशाल पहिरो गएको छ ।

फ्लोरिडा राजमार्ग सुरक्षा गस्ती टोलीले आँधीबाट भाग्ने क्रममा राजमार्गमा दुई जनाको निधन भएको बताएको छ ।
फ्लोरिडामा २१५ किलोमिटर प्रतिघण्टाका गतिमा आएको आँधीका कारण दरले पहिरो गएको छ ।

समयमै लाखौँ मानिसलाई सुरक्षितस्थलमा जान राज्य सरकार तथा सुरक्षाकर्मीले सूचना गरेकोले आँधीका कारण ठूलो मानवीय क्षति नभएपनि हजार्रौ घरहरू प्रभावित बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here