उपप्रधानमन्त्रीद्वारा ग्वान्जाओमा महावाणिज्य दूतावासको उद्घाटन

286
rLgsf] cf}krfl/s e|d0fdf /xg' ePsf pkk|wfg tyf k//fi6«dGqL s[i0faxfb'/ dx/fn] rLgsf] xj] k|fGtsf] l;jfOkf] -Xibaipo_ l:yt dfcf]T;]t'ªsf] cfwf/ If]qdf cjnf]sg ug{'x'Fb} . t:jL/ M x/L nfld5fg], a]Olhª÷/f;;

काठमाडौँ। उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास कार्यालयको आज उद्घाटन गर्नुभयो ।

परराष्ट्रमन्त्री महराले ग्वान्जाओमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कार्यालय खोल्न सहयोग गरेकामा चिनियाँ सरकार तथा ग्वान्जाओको प्रान्तीय सरकारलाई धन्यवाद दिनुभयो ।

यो नियोग चीनस्थित नेपालको चौथो कूटनीतिक नियोग भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री महराले नेपाल–चीनबीचको द्वीपक्षीय सम्बन्धलाई थप सबल बनाउन र वाणिज्यका क्षेत्रमा अझ सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।
यो प्रान्तसँग नेपालको व्यापार सम्बन्ध मजबुत रहेको भन्दै उपप्रधानमन्त्री महराले यस कार्यालय स्थापनापछि आर्थिक एवं व्यापारिक गतिविधि थप विस्तार हुने बताउनुभयो । उहाँले आउँदा दिनमा दुई देशका जनताका बीचमा पनि राम्रो सम्बन्ध विस्तार हुने उल्लेख गर्नुभयो ।

यहाँ झण्डै २०० नेपाली व्यापारी विभिन्न व्यवसायमा संलग्न छन् । उनीहरुका अनुसार महावाणिज्य दूतावास खुलेसँगै व्यापारीलाई आइपर्ने समस्या समाधान हुने छन् ।

उक्त कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललगायतको उपस्थिति रहेको प्रेस जनसम्पर्क संयोजक हरि लामिछानेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here