मन्त्रिमण्डल विस्तार गर्दै प्रधानमन्त्री, राप्रपा(प्रजातान्त्रिक)बाट तीन मन्त्री थपिने

170

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार तीन मन्त्री थप गरी सरकार
विस्तार गर्ने भएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का तर्फबाट संसदीय दलका नेता दीपक बोहरा, उपनेता विक्रम पाण्डे र महामन्त्री सुनिलबहादुर थापा मन्त्री बन्न लागेका हुन्। राप्रपा प्रजातान्त्रिकबाट मन्त्रिपरिषद्मा लगिने तीन मन्त्रीलाई सोमबार राष्ट्रपति कार्यालयमा शपथ खुवाउने तयारी भएको छ।

राप्रपाका सुनिलबहादुर थापाले उद्योग, उपनेता पाण्डेले वन तथा भू–संरक्षण र संसदीय दलका नेता दीपक बोहराले विज्ञान तथा प्रविधि मन्त्रालय सम्हाल्ने छन्।

यसअघि नै ५० सदस्यीय मन्त्रिपरिषद् बनाएर कीर्तिमान कायम गरिसकेका देउवाले फेरि तीन मन्त्री थप्न लागेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here