संघीय स्वास्थ्य नीतिको मस्यौदा चाँडो तयार पार्न स्वास्थ्यमन्त्रीको निर्देशन

86

काठमाडौँ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले संघीय स्वास्थ्य नीतिबारे साझा सहमति गरेर चाँडोभन्दा चाँडो मस्यौदा तयार गर्न निर्देशन दिएका छन् ।

संघीय संरचनाअनुसार स्वास्थ्य नीति बनाउन गठित उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य नीति परामर्श समितिको बैठकलाई सम्बोधन गर्नेक्रममा समितिका अध्यक्षसमेत रहेका मन्त्री पोखरेलले संविधानको मूल पक्षलाई समेटेर स्वास्थ्य नीति बनाउनुपर्ने बताए।

उनले प्रादेशिक चुनाव हुनुअघि नै स्वास्थ्य नीतिको मस्यौदा तयार पार्न समितिका सदस्यलाई निर्देशन दिए । राष्ट्रिय स्वास्थ्य नीति महत्वपूर्ण विषय भएकाले सबैको सहयोगको अपेक्षा गरिएको मन्त्री पोखरेलले बताए ।

नयाँ स्वास्थ्य नीति बनाउन गठित उच्चस्तरीय समितिले आफ्नो कामलाई तीव्रता दिएको छ । बैठकमा स्वास्थ्य नीतिमा समेट्ने विषय, समितिले गठन गरेको कार्यदल र दातृ निकायले गर्ने सहयोगमा केन्द्रित थियो । स्वास्थ्यका विषयलाई संघीयतामा लैजान तथा संविधानमा उल्लेखित विषयलाई नीतिगतरुपमै समाविष्ट गर्न गत ५ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यमन्त्री पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here