पल्सर स्पोर्ट्स अवार्डः फुटबलका किरण र व्याडमिन्टनकी नङसल वर्षका उत्कृष्ट खेलाडी

132
g]kfn v]ns'b kqsf/ d~rn] /fhwfgLdf ;f]daf/ cfof]hgf u/]sf] PgP;h]Pkm kN;/ :kf]6{; cjf8{df …lkk'N; RjfO; cjf8{Ú xft kf/]sL Pyn]l6S;sL sfG5Ldfof sf]h' . t:jL/ MgjLg kf}8]n, /f;; .

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरणकुमार लिम्बु वर्षको उत्कृष्ट पुरुष तथा व्याडमिन्टनकी नङसलदेवी तामाङ वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएका छन् ।

मलेसियामा भएको एएफसी सोलिडारिटी कपको उपाधि दिलाउन गोलरक्षक लिम्बूको भूमिका महत्वपूर्ण थियो । त्यतिबेला उनले सेमिफाइनलमा दुईवटा पेनाल्टी जोगाएका थिए भने फिलिपिन्समा भएको एएफसी एसियन कप छनोटअन्तर्गत फिलिपिन्ससँगको खेलमा उनले एक पेनाल्टी बचाएका थिए ।

उक्त अवार्डका लागि उनीसँगै ब्याडमिन्टनका रत्नजित तामाङ, क्रिकेटका शरद भेषवाकर, एथलेटिक्सका सोमबहादुर कुमाल र भलिबलका मानबहादुर श्रेष्ठ मनोनयनमा परेका थिए । गोलरक्षक लिम्बू विदेशमा रहेकाले उनकी आमाले अवार्ड ग्रहण गरेकी थिइन्।

त्यस्तै, वर्षका उत्कृष्ट महिला खेलाडी घोषित तामाङले पाकिस्तान इन्टरनेसनल सिरिजमा मिक्स डबल्सतर्फ च्याम्पियन बन्नुका साथै अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा नेपाललाई पहिलो स्वर्णपदक दिलाएकी थिइन् ।

अवार्डका लागि उनीसँगै एथलेटिक्सकी कान्छीमाया कोजु, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सरस्वती भट्टराई मनोनयनमा समेटिएका थिए ।

एथलेटिक्सकी कान्छीमाया कोजुले ‘पिपुल्स च्वाइस अवार्ड’ हात पारेकी छिन् । पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा पिपुल्स च्वाइस अवार्डको विजेता छनोट गरिएको हो ।

मनोनयनमा परेका पाँच खेलाडीमध्ये सबैभन्दा धेरै भोट पाएकी कोजुले उक्त अवार्डले आफूलाई अगाडि बढ्न मद्वत गर्ने बताइन् । सोही विधामा फुटबलका सुजल श्रेष्ठ दोस्रो तथा क्रिकेटका दिपेन्द्र सिंह ऐरी तेस्रो स्थानमा रहे ।

जुडोकी मनिता श्रेष्ठ प्रधान वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भइन् । उनले चार प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट युवा खेलाडी घोषित भएकी हुन् । उक्त विधाको मनोनयनमा मनितासँगै क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा माली थिइन् ।

मनिताले एघारौ एसियाली क्याडेट तथा १८ औँ एसियाली जुनियर जुडो च्याम्पियनसिपमा नेपाललाई कास्य पदक दिलाएकी थिइन् ।

यस्तै, एथलेटिक्सका पुष्पराज ओझा वर्षका उत्कृष्ट प्रशिक्षक घोषित भए । उक्त अवार्डका लागि ओझासँगै राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजी, थ्रिस्टार क्लबका मेघराज केसी, क्रिकेटका जगत टमाटा र ब्याडमिन्टनका किरण थापा मनोनयनमा परेका थिए ।

त्यसैगरी, नेपालको पहिलो प्रो गल्फर घनश्याम थापाले ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्राप्त गर्नुभयो भने पहिलो अन्तर्राष्ट्रिय पदक जितेको नेपाली राष्ट्रिय भलिबल टोलीलाई ‘टिम अफ दि इयर’को अवार्ड प्रदान गरियो ।

यसैगरी, पारा एथ्लेटतर्फको अवार्ड नेत्रहिन क्रिकेटर पदम बडेलाले प्राप्त गरे । त्यस्तै, स्पेशल अवार्डबाट बन्दी सहायता नियोग (पाम) नामक संस्थालाई सम्मान गरियो ।
वर्ष खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाइस अवार्ड विजेताले एक÷एक थान बजाज पल्सर बाइक प्राप्त गरे भने अन्य विजेताले जनही ५० हजार पाए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, मञ्चका अध्यक्ष महेश आचार्यलगायतले पुरस्कार तथा अवार्ड प्रदान गरे ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गरेको १४औँ संस्करणको उक्त पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रममा विभिन्न कलाकारहरूले आ–आफनो प्रस्तुति पनि प्रस्तुत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here