सत्तरी प्रतिशत अल्बानियालीको बुझाइमा अदालत भ्रष्टाचारी संस्था

143

अल्बानीया(एजेन्सी)। अल्बानीयाका झण्डै ७० प्रतिशत जनताले अदालत अत्यधिक धेरै भ्रष्टाचार हुने संस्थाका रूपमा बुझ्ने गरेको पाइएको छ ।

अल्बानियाली ‘इन्स्टिच्युट अफ डेमोक्रेसी एण्ड मेडिएसन’ (आइडीएम)ले गरेको सर्वेक्षणको बिहीबार सार्वजनिक भएको प्रतिवेदनमा यस्तो तथ्य उल्लेख गरिएको छ ।

अदालतपछि बढी भ्रष्टाचार गर्नेमा संसद परेको छ । झण्डै ६८ प्रतिशत जनताले संसदमा पनि भ्रष्टाचार हुने गरेको बताएका छन् ।

सर्वेक्षण प्रतिवेदनका अनुसार न्यायीक गतिविधिका क्रममा ६८ प्रतिशतले, भन्सारका कर्मचारी मध्ये ६६ प्रतिशतले र स्वास्थ्य संस्थाका ६१ प्रतिशतले भ्रष्टाचार गर्ने गरेका छन् ।

उनीहरूको तुलनामा संचार माध्यम र गैरसरकारी संस्थाले निकै कम भ्रष्टाचार गर्ने गरेको पाइएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here