ओलीको चुनावी योजना प्रस्तुत, छलफलका लागि आठ समूह गठन

229

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राष्ट्रिय राजनीति र आगामी चुनावी योजनासम्बन्धी समसामयिक राजनीतिक प्रतिवेदनमा छलफल गर्न समूह गठन गरिएको छ ।

शुक्रबारदेखि सुरु भएको सात प्रदेश र मोर्चा संगठनका लागि एक गरी आठ समूह गठन गरिएको हो । प्रतिवेदन अध्ययनपछि ती समूहले शनिबारको बैठकमा छलफल हुने पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठले जानकारी दिए।

अध्यक्ष ओलीको प्रतिवेदनमा आफ्नो पार्टीको दबाबकै कारण स्थानीय तहको निर्वाचन सम्पन्न भएको तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषित मितिमै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनुपर्ने अडान व्यक्त गरिएको छ ।

योजनामा आगामी निर्वाचनमा सबै तहमा एमालेलाई पहिलो र बहुमतसहितको शक्ति बनाउन केन्द्रित हुनुपर्ने उल्लेख छ ।

बैठकले निर्वाचनमा आचारसंहिता उल्लंघन तथा सत्ताको दुरुपयोग रोक्न र भय र आशंकाको वातावरण अन्त्य गरी निर्वाचन गराउन ओलीले माग गरे। उनले आफ्नो पार्टीविरुद्ध विभिन्न प्रचार गरिए पनि प्रदेश नं २ को स्थानीय तहको निर्वाचन सम्पन्न भएको र परिणाम साह्रै कमजोर नभएको दाबी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here