बंगालको खाडीबाट आएको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा अझै केही दिन हुने

227

काठमाडौँ ः बंगालको खाडीबाट आएको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा बदली र वर्षात् भएको छ ।

मनसुन रहिरहेकाले देशैभर वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय क्षेत्र बंगालको खाडीबाट नेपालको पूर्वी मध्य भेग हँुदै अहिले पश्चिममा पुगेको र मनसुनी गतिविधि पनि सक्रिय रहेकाले बदली र वर्षात् भएको मौसमविद् विभूति पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार दुई दिनअघिदेखि नै देखापरेको यो प्रणाली बुधबारदेखि बढी सक्रिय भएको छ । आज राति पश्चिमका धेरै स्थान तथा पूर्व र मध्यका केही स्थानमा वर्षात् हुनेछ । आज पनि बदलीसँगै वर्षात् हुनेछ । विशेषगरी पश्चिमी क्षेत्रमा बढी प्रभाव पर्ने बताइएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी लुम्लेमा ४७, दिपायलमा ४५, वीरेन्द्रनगरमा ३९, भैरहवामा ३१, धनगढीमा २५, दाङमा २१, जुम्लामा २०, पोखरामा २१, सिमरामा २३, जनकपुरमा २५, धरानमा ३० र विराटनगरमा १२ मिलिमिटर वर्षात् भएको छ । आज काठमाडौँमा छ मिलिमिटर वर्षात् भएको छ भने न्यूनतम १९ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ ।
–––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here