यादवको गिरफ्तारी प्रति क्रान्तिकारी माओवादीबाट पनि विरोध

210

नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी)ले पनि यादवको गिरफ्तारीको विरोध गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । उक्त प्रेस विज्ञप्तिमा भारतीय विस्तारवादले नेपालको सीमाक्षेत्रमा अतिक्रमण गरी हजारौं हेक्टर जमीन हडप्दै आएको र त्यसका विरुद्घ हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी) र अन्य कतिपय पार्टी देशभक्तहरुले संघर्ष गर्दै आएको उल्लेख छ । केही समय पहिले सप्तरीको तिलाठी गाउंपालिकाको दशगजा क्षेत्रमा अन्तरराष्ट्रिय मान्यता विपरीत भारतले निर्माण गरेको बााध भत्काउने र नेपालको स्वाधीनताको रक्षामा त्यस क्षेत्रका जनताले विभिन्न ढंगवाट संर्घष गर्दै आएका थिए । सीमा क्षेत्र वचाउ अभियानमा नेतृत्वदायी भूमिका खेलेका तिलाठी गाउंपालिका २ का सच्चा देशभक्त देव नारायण यादव र उनका छोरालाई अपहरणको झुठ्ठा मुद्दा वनाई भारतको विहार सरकारले गिरफ्तार गरेको छ । यो घटनालाई हाम्रो पार्टीले गंभीर रुपमा लिएको छ – विज्ञप्तिमा भनिएको छ ।
पार्टी प्रवक्ता हरिभक्त कंडेलको दस्तखत रहेको सो विज्ञप्तिमा अगाडि भनिएको छ –‘षड्यन्त्र मूलक तरिकाले नेपाली नागरिकलाई भारतले गिरफतार गरेको तिन दिन वित्दा समेत नेपाल सरकारलेऔपचारीक विरोध र रिहाईको प्रकृया अगाडि नबढाउनु गंभीर आपत्तीको विषय हो । भारत सरकारको यस प्रकारको रवैयाको हाम्रो पार्टीले भत्र्सना र घोर निन्दा गर्दछ । र तत्काल नेपाल सरकारसंग क्षमा माग्दै गिरफ्तार नेपालीको तत्काल रिहाईको माग गर्दछ । साथै नेपाल सरकारको गैरजिम्मेवारीपनाको तिव्र विरोध गर्दै भारत सरकारसंगतत्काल रिहाईको लागी पहल गर्न माग गर्दछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here