चुनावमा सहकार्य गर्न कांग्रेससहितका ६ दल सहमत, सात सदस्यीय कार्यदल गठन

215

काठमाडौं । वामपन्थी तीन पार्टीले चुनावी तालमेल र एकीकरण घोषणा गरेको भोलिपल्टै लोकतान्त्रिक शक्तिहरु पनि सहकार्यका लागि एकमत भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, राप्रपा नेपाल, राप्रपा (प्रजातान्त्रीक) र मधेसी जनअधिकार फोरम लोकतान्त्रीकबीच आगामी चुनावमा सहकार्य गर्न ७ सदस्यीय कार्यदल बनाउने सहमति भएको छ।
कार्यदलमा कांग्रेसबाट दुई जना र अन्य दलबाट एकरएक जना सहभागी हुने र भोलिदेखि नै विस्तृत छलफल गरेर अघि बढ्ने ६ दलका शीर्ष नेताहरुको बैठकले निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here