शशांक कोइराला भन्छन् -वाम एकताले कांग्रेसलाई असर पर्दैन

223
g]kfnL sfFu|];sf dxfdGqL 8f= z+zfs sf]O/fnf k|]; o'lgog gjnk/f;Ln] a'waf/ sfjf;f]tLdf cfof]hgf u/]sf] kqsf/ ;Dd]ngdf ;xefuL xF'b} . t:jL/ M k'?iff]Qd ;'a]bL, gjnk/f;L, /f;;

नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले वाम एकताले नेपाली कांग्रेसलाई कुनै पनि असर नपर्ने बताएका छन्।

नेपाल प्रेस युनियन नवलपरासीले बुधबार कवासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले चुनावको समयमा विचार मिल्ने शक्तिबीच एकता हुनु स्वभाविक भएको टिप्पणी गरे।

महामन्त्री कोइरालाले अब कांग्रेसले पार्टीभित्रको सांगठनिक र वैचारिक एकतालाई मजबूत बनाएर आगामी निर्वाचनमा लोकतन्त्रवादी शक्तिसँग सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिदैं आगामी चुनावमा योजनाबद्ध र जनताको आकाक्षाअनुरुपका कार्यक्रम समावेश गरेर समृद्ध नेपालको स्पष्ट योजनासहित चुनावमा होमिन पार्टीका सबै कार्यकर्तालाई निर्देशन दिए।
अबको पहिलो मन्त्रिपरिषद्को बैठकमा त्रिवेणी सुस्तापूर्वको भागलाई नवलपुर जिल्ला र सदरमुकाम कावासोती राख्ने विषयमा कुरा उठाउन पहल गर्ने बताउँदै उनले आफू नवलपुर जिल्लाबाटै चुनाव लड्ने घोषणा गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here