इन्भेष्टमेण्टको नाफा २१ प्रतिशत बढी

84

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले गतवर्षको तुलनामा यस वर्ष २१ प्रतिशतले बढाएर रू. ८९ करोड ४९ लाख ९४ हजार नाफा कमाएको छ । गत वर्ष इन्भेष्टमेण्टको नाफा रू. ७४ करोड ८ लाख रहेको थियो । यो वर्ष खराब कर्जा संकलन १ सय ९२ प्रतिशतले बढाएको बैंकले १२ प्रतिशतले बढाएर रू. १ अर्ब २१ करोड ९९ लाख ५१ हजार सञ्चालन नाफा गरेको छ ।
चुक्तापूँजीमा २२ प्रतिशतले वृद्धि गरेर रू. १० अर्ब ६२ करोड ६४ लाख ३६ हजार पुगेको छ भने जगेडा कोषमा रू. ८ अर्ब ९७ करोड ६४ लाख ४२ हजार रकम जम्मा भएको छ । यो समयमा रू. ३० अर्ब ७२ करोड ११ लाख ५९ हजार लगानी गरेको बैंकले रू. १ खर्ब ३१ अर्ब २९ करोड ३४ लाख ७२ हजार निक्षेप संकलन गरी रू. १ खर्ब ७ अर्ब ९६ करोड ८१ लाख ३६ हजार कर्जा प्रवाह गर्न सफल भएको छ ।

 

निष्क्रिय कर्जा १ दशमलव शून्य ४ प्रतिशत रहेको यस बैंकले सम्भावित जोखिमका लागि रू. १८ करोड ५५ लाख ३४ हजार छ्ट्याएको छ । पहिलो त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी वार्षिक रू. ३३ दशमलव ६९ रहेको छ ।
(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here