डा. खगेन्द्र स्पोर्टस् फाउण्डेशनले नर्सहरुलाई खेलकुदमा सहभागी गराउने

229

काठमाडौं / डा. खगेन्द्र स्पोर्टस् फाउण्डेशनले करिव २५० नर्सहरुलाई खेलकुदमा सहभागी गराउने भएको छ । विरामीहरुको सेवामा तलीन रहेका नर्सहरुलाई खेलकुदमा सहभागिता गराउने उद्देश्यले क्रार्यक्रम आयोजना गरिएको हो । यही आउादो पुष १ गते शनिबारका दिन विहान ७ बजे हलचोक स्थित सशस्त्र प्रहरी बल प्रधान कार्यालयको रङ्गसालामा कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा १०० मि., २०० मि., ४०० मि., ४०० मि.–रिले तथा श्वयम्भु मन्दिर एक चक्कर २.५ कि.मि को रोड रेस समेत हुने छ ।

 

फाउण्डेशनले विगत ८ वर्ष देखि “खेलाडिलाई सम्झौ, खेलाडिलाई सहयोग गरौं, खेलाडिलाई सम्मान गरौं ” भन्ने मूल मन्त्रलाई आत्मासाथ गरी विभिन्न खेलकुद तथा स्वास्थ्य सम्बन्धी कार्यक्रमको आयोजना गर्दै आएको छ ।

कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा माननीय युवा तथा खेलकुद राज्यमन्त्री श्री तेजुलाल चौधरी, विशेष अतिथिको रुपमा स्वास्थ्य सचिव, खेलकुद सचिव, काठमाडौं प्रमुख जिल्ला अधिकारी र नर्सिङ्ग काउन्सीलका अध्यक्ष रहने आयोजक कमिटीले जनाएको छ ।

साथै सशस्त्र प्रहरी महा–निरीक्षक समेत विशेष अतिथि रहने जानकारी दिइएको छ । करिब २५० जना नर्सहरुको सहभागिता रहने लक्ष्य राखिएको छ । प्रथम, द्वितीय तथा तृतीय हुनेलाई पदक प्रमाणपत्र तथा नगत पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक कमिटीकी राज्यलक्ष्मी शाक्य र फाउण्डेसनका महासचिव रजत श्रेष्ठले जानकारी गराउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here