एउटा विजयी कमाण्डरले सबैलाई भिजायो

207

 डा. दीपेन्द्र रोकाया
हुम्लाको चुनावमा संघमा स्वतन्त्र, प्रदेशमा एमाले र कााग्रेसले बाजी मार्‍यो । माओवादी केन्द्रको ब्यानर हरायो । यसबारे मैले अघिल्लो अंकमा अन्तरकुन्तरका कुरा लेखिसकें । राजा वीरेन्द्रले राज्यभिषेकका अवसरमा शिकार खेलेको चंखेली लेक हुादै मुगुतिर प्रवेश गरो । मुगुका प्राय: नेताहरू एकले अर्कोलाई देख्दा रिस मान्ने अवस्थामै रहेछन् । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले गर्दा निर्वाचनका बेला भएको पेलापेलका कारण कोही कसैले पनि एकआपस भेटघाट गरेको अवस्था रहेनछ । मुगुको सुरक्षित बस्ती विकाससम्बन्धी छलफल चलाउने उद्देश्यले बोलाउादा सबै दलका नेताहरू आउनुभयो र पूर्वशिक्षा सहायकमन्त्री हस्तबहादुर शाहीले त भन्नु पनि भयो, ‘डा. रोकाया नआएको भए हामी सागै बस्ने अवस्था बनिसकेको थिएन र छैन पनि ।’ माओवादी नेता मंगल शाहीको भनाइ पनि यस्तै थियो । उहााहरू सबैलाई विकासका बारेमा एक नम्बरको चासो थियो ।
रारालाई राजा महाराजाले स्वर्गको अप्सरा भेटेझैं सम्झे पनि मुगालहरूले अप्सरालाई जति माया गर्छन्, त्यसअनुसार माया पाउन नसकेको अनुभूति सुनियो । यसमा धेरै मनोवैज्ञानिक कारणहरू छन् । मुगुसम्म गाडी पुग्दा पनि गम र गढी डााडाको रूप फेरि सकेछ । यसको संकेत त दार्मदेखि गढीसम्म पुग्दा खच्चरहरूको ओहोरदोहोर तथा बाटोमा होटलहरूको चहलपहलले प्रष्ट पारेकै थियो । अझ १८४६ मा गढी जमाएर सोभान शाहीका झराली सेनाले मोर्चा कसेको स्थानबाट वरपर हेर्दा मुगालहरूले आफ्नो रक्षक मानेर छायानाथलाई रारा जतिकै प्रचारप्रसार गर्न थालेको पाइयो । यसैले रारा–छायानाथ नगरपालिका नै बनाएका रहेछन् । गढीबाट ताल्चासम्म हल्लिादै उकालो पार गरेपछि घुच्चीको लेक कट्दासम्म मुगुको भूगोललाई आाखाभरि राख्न सकियो । तर मैले सम्झिरहो कि यो छलफल र डाटा हर्क गुरुङले प्रयोग गर्न सकेझैं होस् भनी कामना गर्ने पूर्व शिक्षा सहायक मन्त्रीको हार्दिकता ।
जब बस बुलबुले पुग्यो, जुम्ला सिंजाको हावाले छोयो । खास सिंजामा अहिले कनकासुन्दरी मन्दिरले प्रख्याती पाएको र बीच हुादाको सिंजाले सिंजाकालीन सभ्यताको माला पहिरिन पाएको रहेछ । हिमा नदीले पनि आफ्नो पहिचान जोगाउकै छ । रोकायागाउा जान लाग्दा माननीय डिल्ली प्रसाद काफ्ले भेटिनुभयो । सिंजापति राजाले गाउाको बसोबास समुदायगत विशेषताका आधारमा गराएको देखाउनुभयो । यो निकै मननीय कुरा छ । यस्तै रोकायागाउाका वडा अध्यक्ष धनजीत रोकायालाई घरमै भेट्टाएा । त्यहाा २०५८ सालमा मैले भेटेर नोट गरेका ऐतिहासिक सवालहरूबाट पछि माओवादीबाट आतंकित हुन परेका प्रसंगहरू सुनाउनु भयो । केही नोट गरी हिाडिहाले । बड्की पुग्दा अनपुरा शाहीको होटलमा पुन: चिया पिएा । यही ठाउा हो, २०६२ असोज ९ गते आइतवारका दिन मैले जाजरकोटदेखि भोकभोकै मुल्सामको लाग्नो काटी टोप्ला पुग्दा पनि खाना खान नपाएको र यहाा पुगेपछि दुई सयमा भाले र ३० रूपैयाामा दुई माना चामल किनी पेटभरि खाना खाएको सम्झना गरो । पुराना चिनेजानेका मान्छेलाई सम्झादै हिमाका उपाध्यक्ष हिमाली रोकाया, विकास रोकायालाई भेटेर तातोपानी क्षेत्रतिर लागो । परानबहादुर धरालाजीको गाउा पुग्दा उहाा र मेरो सहोदर भान्ज वलवीरको सम्झनाले फेरि भावुक बनो ।
जता जान्छु, पुराना यादहरूले घायल बन्दै गएको अनुभव हुने गर्दछ । तर, जब तातोपानीमा नुहाएर मिटरवाला टेम्पोमा बसी छिनासिमतिर लागियो, ल्हासा शहरतिर लागेजस्तै अनुभव भयो । यो मेरो सुखानुभूति हो । यसमा जुम्ला बजारमा निर्माण भएका भवनहरूले काठमाडौंभन्दा स्तरीय जीवन जिउन सकिने संरचनाहरू देखापरेझै लाग्यो । कर्नालीको सबैभन्दा सुगम र भौगोलिक रूपमा सहज ठाउा भनेकै जुम्ला हो । यहाा चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरा न्यौपानेलगायत धेरैले मलाई कर्नाली विकास आयोगले एउटा एनजीओले जतिको पनि काम गर्न नसकेको अनुभव सुनाउादा मनमा चिसो पस्यो । त्यही संगैको कर्नाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाइहाई नै छ । निर्माणस्थल हेरेर आएा । मैले यसो किन भन्दै छु भने समग्र कर्नालीको विकासको लागि यी संरचनाका लागि सपना देख्ने र भन्ने पहिलो ज्यान यही हो । यसको लेखाजोखा होस् या नहोस्, तर सपनालाई मूर्तीकरण गर्न अब कर्नालीको मान्ठमा उल्लेख गर्ने विचार गरेको छु ।
जुम्लामा ‘दाजु र राजु’ तथा मुख्यमन्त्रीको राजनीतिक चर्चा छादै थियो । नरेश भण्डारी प्रदेश मुख्यमन्त्रीको दाबेदार हुनुहुन्छ, उहााको भोट गणनास्थल गएर फर्कादा उहाालाई भनो, ‘अब तपाईं मुख्यमन्त्री वा मन्त्री जे भए पनि जुम्लालाई गृष्मकालीन राजधानी तथा प्रत्येक एक महिनामा एक जिल्लामा मन्त्रिपरिषद् बैठकको आयोजना गर्ने र त्यस बैठकले त्यस जिल्लाको कायापलट गर्ने नीतिगत निर्णय लिने संकल्प गर्नुहोस् ।’ यही शुभकामना दिई कालिकोटतिर लागो । नाग्म गाडबाट उधो लागेपछि भीर र पहरा अनि त्यसमा बसको लोड देख्दा निकै डर लाग्दो भयो । दिउासो १ बजे मान्म डााडामा पुगेपछि बल्ल लामो सास फेरेर उत्रन पाइयो । आदि मनुको जन्मस्थान मान्ममा पनि नगरपालिका, गाउापालिका, स्थानीय अधिकारीहरूका साथ कर्नाली विकास आयोगले अगाडि सारेको सुरक्षित वस्ती विकाससम्बन्धी एजेण्डामा छलफल चलाइयो । मुगुमा आयोगका पूर्व सदस्य पूर्णबहादुर रोकाया हुनुहुन्थ्यो भने कालिकोटमा आयोगका सदस्य कृष्णप्रसाद आचार्यको पूर्ण सहयोग प्राप्त भयो ।
त्यसै दिन संयोगले ऊर्जामन्त्री समेत भइसक्नु भएका विना विभागीय मन्त्री महेन्द्रबहादुर शाही ‘प्रज्वल’, दुर्गबहादुर रावत ‘उज्वल’ र कुर्मराज शाही विजयी हुनुभयो । संयोगले त्यो विजय र्‍यालीमा सहभागी हुन पाएा । भोट हुम्लामा हाले पनि कालिकोटको विजय उत्सवमा सहभागी भएा । यो वर्गीय आत्मीयताको प्रतीकात्मक सहभागिता थियो । यसका साथै, मान्म बजारमा मैले भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवशमा समेत सहभागी भई विचार राख्ने अवसर मिल्यो । म आफ्नो काममा थिएा, मन्त्रीले रात्रीभोजको निम्ता दिनुभयो । म बसेकै होटल हिलसाइडको हलमा पुग्दा स्थानीय पत्रकारहरू र जिल्लाका नेताहरू जम्मा भएका रहेछन् । शुरुमा परिचय भयो । बधाई तथा शुभकामना आदान प्रदान भयो । त्यसपछि कला, गला र साहित्य क्रमश: प्रस्तुत भयो । राति ९ बज्न लागेको हुादो हो, कसैले पनि कल्पना गरेको थिएन, एउटा कमाण्डरले सबलाई रुवाउाछ भनेर । मन्त्रीले उठेर मनमा लागेको कुरा बोल्न लाग्नुभयो । वातावरण उल्लासमय थियो, तर एकाएक मन्त्री महेन्द्र शाहीले भन्न थाल्नुभयो, ‘आज संयोगले यहाा हुनुहुन्छ, डा. दीपेन्द्र रोकाया, उहााले संक्रमणकालपछि धनगढीमा भेट्दा मैले गुमाई सकेको भनेको कमरेड फेला पारो भनी आगालो हाली रुनु भएको थियो, म त्यही मान्छे हुा…’ मुटुभित्रैबाट भक्कानो छोडेर आाशु झार्नुभयो । एकछिन त बोल्न पनि सक्नुभएन । उहााले यसो भन्दै गर्दा मेरा आाखाबाट आाशुको भेल बग्यो । हलमा उपस्थित करिब ३० जनाको आाखा समेत ओभाना रहेनन् । मैले बिर्सिसकेको घटना सम्झन पुगो । बााचियो भने यस्तो पनि हुादो रहेछ भन्ने लाग्यो । मनभरि ऐतिहासिक गर्वबोध भयो । हामी महाकाल काटेर आएकाहरूले यो राज्य संरचनामा हेरफेर ल्याउने कार्य गरिरहेका छौं । यही अवसरमा कमरेड प्रज्वललाई मनले चिताएको पुगोस् भनी शुभकामना दिएर आएा ।                              (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here