लुम्बिनी, अशोक स्तम्भ र दलाई लामाको हिन्दूस्तान मोह

516

पदम श्रेष्ठ

[email protected]

देवान पियेन पिय दसिन ला जिन वीस तिवसामि सितेन
अतन आगाच महियिते हिद बुद्धे जाते शाक्य मुनीति
शिला बिगडी मिचा कालापति सिलाथभे च उस पापिते
हिद भगवं जातेति लुं मिनी गामे उवालिके कटे अठ भागियेच

 

यसको अर्थ हुन्छ, देवताका प्रियदर्शी राजाले राज्याभिषेकको २० वर्षपछि आफैं सवारी भई पूजा गरे ।
जहाा शाक्यमुनि बुद्ध जन्मेका थिए । त्यहाा पत्थरको एउटा प्रतीक स्तम्भ र चिन्ह स्थापना गरियो ।
त्यसैले लुम्बिनी गाउाका लागि कर हटाई राजाको हक गाउालेलाई प्रदान गरियो ।
ई.पू.२४५मा सम्राट अशोकद्वारा गौतम बुद्धको जन्मस्थल लुम्बिनी अशोक स्तम्भमा यही उल्लेख छ ।
यही अशोक स्तम्भ र मायादेवी मन्दिरको गर्भगृह उत्खनन् हुादा भेटिएको प्रतीक शिला (माइन स्टोन) नै
विश्वसामु भगवान बुद्ध जन्मेको स्थान प्रमाणित गर्न सहज बन्यो ।
यसरी भगवान् बुद्धको जन्मस्थलबारे स्पष्ट र सटिक प्रमाणसहित उल्लिखित स्तम्भ वर्तमान नेपालको रुपन्देहीमा रहेको छ ।
त्यो स्तम्भ पनि कुनै नेपालीले नभई हिन्दूस्थानको झण्डामा धर्मचक्र अकिंत गर्नुहुने राजा अशोकले नै यही ठाउामा भगवान् बुद्धको जन्म भएको हो भनी खडा गराउनुभएको हो । जुन तथ्यलाई नबुझेर हो वा शरण दिने दाता राष्ट्रलाई खुशी तुल्याउन १४औं दलाई लामाले प्याच्च बोलिहालेछन् भगवान बुद्ध भारतमा जन्मिएका थिए भनेर । महायानी धर्मगुरु दलाई लामालाई के थाहा भएनछ कि विशाल भारतको अस्तित्व हुनुअघि हिमवत्खण्ड नेपालको अस्तित्व थियो र त अशोक सम्राट नेपाल आउादा किराती राजा स्थुङकोको नाउा उतारेर बौद्धचैत्यलाई स्तुप नामाकरण गरिए । न त अशोक सम्रात स्वयमले आफूले लेखिछोडेको कुनै पनि शिलापत्र वा लेखोटमा आफूलाई विशाल भारत–हिन्दूस्तानको सम्राट भनी उल्लेख गरेका छन् न त वैशालीका राजा अशोकले भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको दर्शन गरी अशोकस्तम्भ खडा गर्दा भारत–हिन्दूस्तान भनी उल्लेख गरेका छन् । जुन स्तम्भ वर्तमान नेपालको पहिचानको रुपमा विश्वव्यापी बनिसकेको स्थितिमा पनि दलाई लामा जस्तो लाखौं महायानी तिब्बती धर्मको स्मृति नहुनुलाई शरण दिनेको मुख ढाकेको नभने के भन्न सकिएला र ?
हो, सन् १८९६ सम्म बुद्ध जन्मस्थलबारे धेरैलाई जानकारी थिएन । खड्गशमशेरको कानमा स्थानीयले कुनै ढुंगोको लाठो जस्तो जमिनमाथि ठडिएको छ भन्ने कुरा पारेपछि उनी स्वयम् लुम्बिनी पुगी उत्खनन गर्न लगाए र अभिलेख उतारगरी जर्मनका डा.फुरर हुल्टसद्वारा त्यसको पाठ ठम्याएर पढेपछि लुम्बिनी बुद्धको जन्मस्थल खुल्यो । सन् १९९५मा लुम्बिनी विकास कोष, पुरातत्व विभाग र जापान बौद्ध संघको संयुक्त तत्वावधानमा भएको उत्खननले मायादेवी मन्दिरको गर्भमा प्रतीक शिला फेला पारेपछि लुम्बिनी बुद्धस्थलबारे विशेष गरी भारतीयले उठाएको विवादले निकास पायो । पालीभाषा ब्राम्ही लिपिमा उल्लेखित अशोक स्तम्भका कारण आज नेपालको लुम्बिनी, क्रिश्चियनको जेरूसेलम, मुस्लिमको मक्का–मदिना, वैदिकको चारधाम (काशी, जगन्नाथ, बद्री, केदार) भनिएझैं विश्वका शान्तिकामी बौद्धका लागि पवित्रस्थल बन्न पुग्यो । संयुक्त राष्ट्र संघको युनेस्कोले विश्व सम्पदामा समेत सूचीकृत लुम्विनी बारे, विश्व शान्तिको लागि नोबेल पुरस्कार पाउन सफल दलाई लामामा यति विघ्न न्यून बुद्धिले काम गरिरहेको होला भन्ने कुरा स्वयम् नेपालमा रहेका तिब्बती शरणार्थीहरुले पनि विश्वास गर्न सकिरहेका छैनन् ।
तर कहाा विश्वमा दलाल प्रवृत्तिका धर्मभिरुहरुमात्र हुन्छन् र ? लुम्बिनीको रूपन्देहीमा सन् १९७८मा जापानका प्रो.केन्जो टागे जसले सन् १९७८मा ११५० बिघाको गुरूयोजना तयार गरी बुद्ध जन्मभूमिबारे विश्वव्यापी चेतना फैलाए । गुरूयोजनामा लुम्बिनी दक्षिण पुरातात्विक संरक्षित क्षेत्र, जहाा पवित्र मायादेवी मन्दिर ऐतिहासिक प्रमाण अशोक स्तम्भ र भग्नावशेष छन् । लुम्बिनीको बीचमा एक माइल क्षेत्रमा सेन्टर क्यारल (विशाल पानीको नहर) निर्माण गरी डुंगामार्फत मायादेवी मन्दिर पुग्ने व्यवस्था प्रो. टागेको गुरूयोजनामा रहेको छ । त्यसैगरी, लुम्बिनीको पश्चिम एक माइल क्षेत्र मोनास्ट्री जोन अर्थात् अन्तर्राष्ट्रिय विहार बौद्धस्तूप क्षेत्र, जहाा विश्वकै दोस्रो अग्लो १५६ फिट उचाइको विश्वशान्ति स्तूप दुईकरोड डलर खर्च गरी जापान निप्योनजान निहोजीले निर्माण गराए । सोही स्तूप निर्माणका क्रममा भिक्षु नावातामेको हत्या भयो, त्यो हत्या पनि उनै नक्कली लुम्बिनी, कपिलवस्तु बनाउनेहरुबाट भएको थियो ।
मोनास्ट्री जोन परिसरमा स्वयम हिन्दूस्थान (भारत) सहित जापान, दक्षिण कोरिया, चीन, भियतनाम, श्रीलंका, म्यान्मार, थाइल्यान्डलगायत विश्वका २९ देशका गुम्बा विहार निर्माण भइसकेका छन् तर उदेकलाग्दो कुरा, उनै बुद्धका अनुयायी दलाई लामालाई थाहा छैन बुद्ध जन्मभूमि नेपालमा छ । शान्ति दीप, बौद्ध पुस्तकालय, संग्रहालय, सिमसार क्षेत्र, लुम्बिनी विश्वविद्यालय र होटल यस मोनास्ट्री जोनभित्र छन् । गुरूयोजना कार्यान्वयन चार अर्बको अनुमानित बजेट विनियोजित गरियो । सन् १९६७ जनवरीमा संयुक्त राष्ट्रसंघका महासचिव स्व. उथान्तले मानव मात्रको पवित्रस्थल लुम्बिनी भ्रमण गर्नुअघि त्यति चर्चामा थिएन । जब उनले बुद्ध जयन्तीका दिन विश्वभरि बिदा र गुरूयोजना तयारीको घोषणा गरेपछि लुम्बिनीबारे विश्वव्यापी चर्चा चल्यो तर छिमेकी भारतमा निर्वासित जीवन बिताउादै आउनुभएका दलाई लामालाई बुद्धभूमिबारे थाहै नहुनुलाई काकताली बाहेक भन्न सक्ने कुनै कारण देखिादैन । नेपालका रजधानी काठमाडौंबाट २७२ किमी दक्षिण तराईमा अवस्थित लुम्बिनी १४औं शताब्दीसम्म तीर्थस्थलकै रूपमा रहेको कुरा सन् १८९६मा सुदूरपश्चिम खस बौद्ध नागराज ऋपु मल्ल, ई.सं.४०३ मा चिनियाा यात्री फाइयान, ई.सं.६३५ मा हुएन सांगले लुम्बिनी यात्रा गरी यात्रा विवरण लेख्नुले प्रमाणित गर्दछ । भगवान् बुद्ध स्वयम्ले श्रावस्तीका राजासमक्ष आफ्नो परिचय दिादा म हिमाल देखिने राष्ट्र भूमिबाट आएको भनी आफ्नो परिचय दिनुले हामी के भन्न सक्छौं भने हिमवत्खण्ड विशाल नेपालभूमिसाग कपिलवस्तु एकीकृत थियो । अझै दलाई लामाहरुले त भगवान् बुद्ध नेपालका धर्ती पुत्र हुन् भन्ने कुरा तिब्बती राजा श्रङगचङग गम्पोसाग नेपालका राजा अंशुवर्माकी छोरी राजकुमारी भृकुटीसाग विवाह गर्दा नै जानिसकेका थिए । अरनिकोले पेगौडा शैलीको विश्वविख्यात श्वेतचैत्य निर्माण गरिादा नै बुझिसकेका हुन् । नेपाल नै बुद्ध जन्मभूमि हो र भृकुटी, अरनिको बुद्धका सन्तति । त्यसैले त नेपाल भाषाको रञ्जना लिपिलाई लामा गुम्बाको माने वा माथिल्लो शिरमा स्थान दिएर सम्मान गरेको पाइन्छ । नेपालमा रहेका उनै दलाई लामाका चेलाहरुले नेपालको लुम्बिनी बुद्ध जन्मभूमि हो भनी महायानी गुम्बा निर्माण गराइसकेको अवस्थामा तिब्बती धर्मगुरु दलाई लामाले बुद्धको जन्म विशाल भारतमा भएको भनी अभिव्यक्ति दिनुले स्वयम् उनकै अनुयायीसमेत रनभुल्लमा परेका छन् ।

भगवान बुद्धको जन्मस्थलबारे दलाई लामा त के स्वयम् बुद्ध आएर म भारत भूमिमा जन्मिएको हुा भने पनि प्रमाणित नहुने विश्वव्यापी तथ्य आएपछि, जस्तोसुकै तिकडमका बाबजुत पनि नसकेपछि त्यहााका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएर सार्वजनिक संसद् भवनमै उभिएर भनेका थिए, भगवान् बुद्धको जन्म एक नेपालमा भएको हो, दुई नेपालमा भएको हो, तीन नेपालमा भएको हो । शरण दिने राष्ट्रका प्रधानमन्त्री नरेन्द्र मोदीको त्यत्रो बोल्ड आवाज पनि नसुन्ने, नहेर्ने नदेख्ने दलाई लामाको मोट दिमागलाई के विश्वशान्ति अवार्ड दिएका होलान् भन्दै लख काट्न थालिएको छ जनजनमा । तर क्षेत्रीय विस्तारवादी भारत अर्कोतर्फ भन्दै हिाड्ने गर्छ, भगवान् बुद्धको जन्म त नेपालमै भएको हो तर राजदरबारचाहिा नेपालको तिलौराकोट कपिलवस्तु होइन कि भारतको पिप्रहवा कपिलवस्तु हो । यसबारे पनि स्पष्ट हुने प्रयास गरौं । वैचारिक युद्धमा हातहतियार होइन, तर्क र प्रमाणको तथ्य आवश्यक पर्छ । जुन तथ्य हामीसाग अदिकालदेखि नै छ वैरीलाई हराउन । नौ कोटको संयोजन नुवाकोट भनिएझैं गौतम बुद्धको जन्मस्थल लुम्बिनी, क्रकुच्छन्द बुद्धको जन्मस्थल गोटिहवा, कनकमुनि बुद्धको जन्मस्थल निग्लीहवा तीन स्थानमा गाडेका तीनवटा अशोक स्तम्भलाई तिलौराकोट र तिलौराकोटको बीच क्षेत्रमा भगवान् बुद्धका पिता राजा शुद्धोधनको शाक्य गणराज्य कपिलवस्तु रहेको छ । लुम्बिनीबाट झन्डै २७ किमी पश्चिम वाणगंगा नदी पूर्वी किनारमा छ । बुद्धले ३० वर्ष बिताएको कपिलवस्तु राजदरबारमा आठौं शताब्दीसम्मका १३ भग्नावशेष फेलापरेका छन् । उत्तर–दक्षिण १७०० फिट र पूर्व–पश्चिम १३०० फिट रहेको दरबार वरिपरि पर्खाल र २२ फिट जति चौडाइ सुरक्षा नहरका अवशेष छन् । गौतम बुद्धले दरबार त्याग गर्दाको पूर्वीद्वार ईशाको सातौंदेखि चौथो शताब्दीसम्मका पुरातात्विक पैसा, भााडाकुाडा, खेलौना, गहनाजस्ता अवशेष संग्रहालयमा छन् । प्राकृतिक भूबनावट, वाणगंगा नदी, कपिलवस्तुबाट हिमाल देख्न सक्ने प्राकृतिक प्रमाण छादाछादै पनि भारतले बुद्धको जन्मस्थल त नेपाल नै हो तर कपिलवस्तु तिलौराकोट नभई पेपेले उत्खनन गरेको स्थान पिप्रहवा हो भन्दै विश्वव्यापी प्रचारमा जुटेका छन् । लुम्बिनीसंगसंगै कपिलवस्तु र भगवान बुद्धसाग सम्बन्धित ५० भन्दा बढी सम्पदास्थलको संयुक्त विकास हुन नसक्दा भारतले नक्कली कपिलवस्तु बनाउानमा प्रोत्साहन मिलेको हो । तर, पुरातात्विविद् भिक्षु सुदर्शन महास्थवीरले आफनो लुम्बिनी कपिलवस्तु पुस्तकमार्फत राजा शुद्धोधनको राजदरबार तिलौराकोट नै कपिलवस्तु दरबार रहेको प्रमाणित निम्नलिखित तथ्यका साथ गर्नुभएको छ ।

नेपालको तिलौराकोट कपिलवस्तु
१.तिलौराकोट उत्खननमा दरबारको चारैतिर पर्खाल, शत्रु प्रवेश नगराउन खाइ नहर निर्माणको भग्नावशेष फेलापरेको छ ।
२.बुद्धत्व ग्रहण गर्न दरबार छाडेर महानिभिष्क्रमणद्वारा पूर्वी र पश्चिमद्वार फेला परेको छ ।
३. दरबारका कोठा छुट्टाछुट्टै आकारका ठूला छन् ।
४. नेपालको कपिलवस्तु तिलौराकोटबाट हिमाल देखिन्छ । भगवान् बुद्धले श्रावस्तीका राजालाई आफ्नो परिचय दिादा मेरो देश हिमालको सागै रहेको छ भनी परिचय दिएका थिए ।
५. त्रिपिटकमा उल्लेख भएको भागिरथी गंगा अर्थात् वाणगंगा नदी तिलौराकोट दरबार कपिलवस्तु नजिकबाट बगेको छ ।
६. यहाा प्राचीन मुद्राको थुप्रो एकै ठाउामा गाढधनकारूपमा भेटिएको छ । जुन शाक्य राज्यलाई विरूद्धकले ध्वस्त गर्न थालेपछि मुद्रा गाढेर दरबारिया शाक्य भागेको प्रमाण हो ।

भारतको कपिलवस्तु पिप्रहवा
१. कुनै व्यवस्था छैन ।
२. दरबार प्रमाणित गर्ने कुनै ठूलो द्वार छैन ।
३. श्रावस्ती, कुशिनगर र लुम्बिनीमा जस्तै स–साना उत्राउत्रै समान अकृतिका ध्यान गर्न बनाइएका कोठा मात्र छन् ।
४. पिप्रहवाबाट हिमाल देखिादैन किनकि नक्कली कपिलवस्तु नेपालको सिमानाबाट निकै तल छ ।
५. भारतल्ले नक्कली नदीको निर्माण साइफनका रूपमा गरेको छ ।
६. पिप्रहवामा गाडधन मुद्रा केही पनि भेटिएको छैन । किनकि प्राचीनकालमा भिक्षुले विहारमा पैसा राख्ने प्रचलन थिएन र अहिले पनि छैन त्यसैले पिप्रहवामा गाढधन रहने कुरै हुादैन ।
लुम्बिनी कपिलवस्तु बचाउ अभियानकर्तााहरु एकै शब्दमा भन्नुहुन्छ– लुम्बिनी–कपिलवस्तुका साथसाथै बुद्धले राजपाठ त्यागेर हिंड्नुअघि बालक, वृद्ध, रोगी र मृतक देखेको ठाउा डेरवा, बुद्धत्व प्राप्तपछि पिता शुद्धोधनको निम्तामा पहिलोपल्ट पितालाई भेटेको ठाउा समयमाई मन्दिर सिद्धार्थ नगर र देवदत्तले हाासको सम्बन्धमा झगडा गरेको र सुनुवाइ भएको न्यायलय कुडान, बुद्धले बाण हानी जमिनमुनिको पानी निकालेको कुवा ‘सरकुप’ गौतम बुद्धको मावली यशोधराको माइती देवदह, भगवान बुद्धको अस्तु रहेको स्तूप, रामग्रामलगायत बुद्धसाग सबन्धित ५० भन्दा बढी स्थलको संयुक्त रूपले विकास र प्रचार हुन नसके पनि यातायात चल्ने चक्रपथ निर्माण गरिनुपर्दछ र आन्तरिक पर्यटन प्रवद्र्धन थलिहाल्न पाए यस्ता छली कुराहरु आफैं पाखा लाग्दै जानेछ । यो कार्य भारतीय दलालको रुपमा प्रतिस्थापित हुने नेपाली सरकारबाट नहुने हुादा जनस्तरबाटै थाल्नु पर्नेमा पनि लुम्बिनी कपिलवस्तु बचाउ अभियानकर्ताहरुको तर्क छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here