‘अर्बपति’को उद्योगमा मजदुर हडताल

211

काठमाडौं/ अमेरिकी पत्रिकामा नेपाली अर्बपति घोषित विनोद चौधरीले सञ्चालन गरेको सिजी फुड इन्टरप्राइजेज प्रा.लि. बर्दियामा कार्यरत मजदुरहरूले तलबलगायतका मागहरू राख्दै चार दिनसम्म हडताल गरी उद्योग ठप्प पारेपछि चौधरीको व्यवस्थापन पक्ष मजदुरहरूसाग सम्झौता गर्न बाध्य भएको खबर छ । मजदुरहरूले पारिश्रमिक ८ हजार माग गरेका थिए, त्यसमा सिजी फुडको व्यवस्थापन पक्ष सहमत भएको छ । यो सहमतिले चौधरीद्वारा सञ्चालित अन्य उद्योगहरूमा पनि मजदुरहरूको पारिश्रमिक वृद्धि गर्नुपर्ने बाध्यता चौधरी परेका छन् । मजदुरहरूले नियुक्तिपत्र बिना काम गर्ने गरेका थिए । अर्बपति चौधरीले अब मजदुरहरूलाई नियुक्तिपत्र दिने सहमत जनाएका छन् ।

 

दशौं वर्ष काम गरेका मजदुरलाई पनि स्थायी नगर्ने अर्बपति चौधरीले अब एक महिना काम गरेकालाई स्थायी गर्ने सहमति जनाएका छन् । शनिबार बाहेक अन्य कुनै दिन मजदुरहरूलाई बिदा नदिने अर्बपति चौधरीले सरकारद्वारा क्यालेण्डरमा व्यवस्था गरिएका सबै बिदाहरूमा बिदा दिने सहमति जनाएका छन् । मजदुरहरूलाई १० लाख बिमा गर्नुपर्ने मजदुरहरूको मागमा पनि सहमति भएको छ । मजदुरहरूको शोषण गर्दै आएका अर्बपति चौधरीले अब दैनिक आठ घण्टाभन्दा बढी समय काम गरेपछि पाउने तलबको दोब्बर अतिरिक्त तलब दिनुपर्ने सहमति भएको छ ।

 
सिजी फडमा कार्यरत मजदुरहरूले गत असोज १३ गते अर्बपति चौधरीसमक्ष प्रस्तुत गरेका मागहरूमा कुनै सुनुवाई गरेका थिएनन् । मजदुरहरूले तीन महिनासम्म संघर्ष गर्दा पनि माग पूरा नगरेपछि पुस १ गतेदेखि उद्योग पूर्णत: बन्द गरिएको थियो । चार दिनसम्म लगातार उद्योग बन्द भएपछि अर्बपति चौधरी पुस ५ गते मजदुरहरूसाग सम्झौता गर्न बाध्य भएका छन् ।

 
यसैबीच बन्द उद्योग खुलाउन विप्लव नेतृत्वको नेकपा सम्बद्ध मजदुरहरूसाग सम्झौता गरेलगत्तै विनोद चौधरी नेपाली कांग्रेसको राजनीतिक मिसन सफल तुल्याउन नयाादिलल्लीतिर लागेको थाहा भएको छ । नेपालको राजनीतिमा भारतीय भूमिकामा विनोद चौधरी सक्रिय देखिन थालेका छन् ।                                  (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here