एमाले–माके एकतापछिको गन्तव्य कता ?

85

–निमकान्त पाण्डे
क.केपी (खड्गप्रसाद) र क.पीके (पुष्पकमल) हालसम्म दुई छुट्टाछुट्टै पार्टीका अध्यक्षका रूपमा पदासीन छन् । केपीको पार्टी एमाले र क.पीकेको पार्टी माके दुवैले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा गठबन्धन बनाएर होमिएपछि उत्साहजनक परिणाम प्राप्त भएको हो भन्ने कुरा सबैलाई थाहा छ । चुनावी गठबन्धन घोषणा गर्ने क्रममा पार्टी एकता भएरै छोड्ने प्रतिबद्धता दुवै पार्टीका नेताहरूबाट आएको थियो । चुनाव अगाडि नै पार्टी एकीकरण गरेर जान सक्ने सम्भावना नजिक थियो, त्यो बेला । परन्तु दुवै पार्टीका नेताहरूले त्यो आवश्यकता ठानेनन् । चुनावको परिणाम आउादै गर्दा दुवै पार्टीका कार्यकर्तापंक्तिमा एक किसिमको उत्साह जगाएको थियो । पार्टी एकीकरण आवश्यक छ भन्ने कुरा मतदाताहरूले दिएको जनादेशबाट पनि पुष्टि भएको छ । दुवै पार्टीका नेताहरूले यो कुरा नबुझेको पनि होइन । तर पार्टी एकताभन्दा पहिले पदीय भागबण्डाको विषयले महत्व पाउन थालेपछि एकता धेरै टाढा देखिन थालेको छ ।

 
एमाले र माके दुवै पार्टीका नेताहरूको राजनीतिक जीवनको सुरुआत हासिया हथौडा अंकित झण्डाबाटै भएको हो । हासिया हथौडा झण्डा बोकेर लालसलामको अभिवादन र क्रान्तिकारी शैलीको हात मिलाउने प्रवृत्ति दुवै पार्टीका नेताहरूको राजनीतिक प्रस्थान बिन्दु हो । राजनीतिक जीवनको सुरुआतका क्रममा दुवै पार्टीका नेताहरूले लिएका प्रतिबद्धता आज यदि स्मरण गर्ने हो भने निश्चय पनि दुवै पार्टी प्रतिबद्धताबाट विचलित भएका छन् भनेर बुझ्नुपर्ने अवस्था छ । केपीले राजनीतिक जीवन सुरु गरेको झापा आन्दोलन र पीकेले राजनीतिक जीवन सुरु गरेको सबैभन्दा महत्वपूर्ण पक्ष जनयुद्धकाललाई मान्न सकिन्छ । ती दुवै क्रान्तिका माध्यमबाट केपी र पीकेको राजनीतिक उचाइ निर्माण भएको हो भन्ने कुरा स्पष्ट छ । राजनीतिक उचाइ प्राप्त गर्नका लागि दुवै नेताले नि:स्वार्थ भएर राजनीतिक जीवन सुरुआत गरेका हुन् भन्ने कुरा पनि सबैलाई थाहा छ । परन्तु आज यी दुवै नेताको गन्तव्य राजनीति प्रारम्भ गर्दाताकाको प्रतिबद्धतासाग कतै पनि मेल खाने देखिादैन । यो नै आजको दुर्भाग्य हो ।

 
पार्टी एकीकरणका लागि सबैभन्दा पहिले राजनीतिक जीवनको सुरुआत किन गरिएको हो ? भन्ने सवाललाई महत्व दिएर आत्मसमीक्षा गरियो भने दुवै पार्टीको गन्तव्य एउटै हुन सक्दछ । नेपाल कम्युनिष्ट आन्दोलन विभाजनका श्रृंखलाबाट अत्यन्त मर्माहत भएको छ । नेपाली जनमत कम्युनिष्ट आन्दोलनको परिणाम प्राप्त गर्न आतुर छ । कम्युनिष्ट आन्दोलनले लिएको गन्तव्य कता हो ? यो प्रश्न नेताहरूले जनतासाग बुझ्न आवश्यक छ । नेताहरूले आफ्नो राजनीतिक गन्तव्य बिर्सिएका भए पनि जनताले बिर्सिएका छैनन् भन्ने कुरा छुट्टाछुट्टै चुनाव चिह्न लिएर जाादा पनि जनताले दुवै पार्टीका चुनाव चिह्नलाई मतदान दिएर हौसला बढाएका छन् । यो तथ्यलाई दुवै पार्टीका नेताहरूले बुझ्नु जरुरी छ ।
पार्टी एकीकरणको पक्षमा नेपाली जनमत स्पष्ट अभिव्यक्त भएको छ । पार्टी एकीकरणपछि वाम पार्टीको सरकार पााच वर्षसम्म बन्नसक्ने अवस्था विद्यमान छ । त्यसका लागि स्पष्ट दृष्टिकोण र स्पष्ट प्रतिबद्धता जरुरी छ । नेताहरूले वाम पार्टीको सरकार निर्माण गर्दाबित्तिकै नेपाली जनताले जनवाद आइहाल्ने अपेक्षा गर्ने अवस्था छैन । विश्व राजनीतिक परिस्थितिले जनवादलाई तत्कालै स्वीकार गर्नसक्ने अवस्था छैन भन्ने कुरा नेपाली जनताले बुझेका छन् । नेताहरूले तत्कालै समाजवाद लागू गरिहाल्ने गफ जतिसुकै गरे पनि त्यसप्रति पनि जनताको महत्वाकांक्षा देखिादैन । जनताका लागि नेपालको आर्थिक समृद्धि महत्वपूर्ण पक्ष हो । आर्थिक समृद्धिले नेपालको राष्ट्रिय स्वाधीनतालाई पनि समृद्ध बनाउन सक्दछ । आर्थिक समृद्धिविना राष्ट्रिय स्वाधीनता सम्भव हुादैन । छिमेकी मुलुक भारतले क्षणिक आवेगमा लगाएको नाकाबन्दीबाट नेपाली जनताले खेप्नुपरेको पीडाबाटै पनि नेपालको आर्थिक समृद्धि आवश्यक छ भन्ने कुरा स्पष्ट हुन्छ । नेपालको आर्थिक समृद्धिका लागि वामपन्थी पार्टीका नेताहरूले जस्तासुकै परिकल्पना गरे पनि सबैभन्दा महत्वपूर्ण पक्ष नेपालको जलसम्पदाको समुचित सदुपयोग हो । नेपालको जलसम्पदा नै नेपालको आर्थिक समृद्धिको आधार हो । यो वास्तविकतालाई नेपालका वामपन्थी नेताहरूले नबुझेका होलान् भन्न सकिन्न । तर पनि जलसम्पदा सदुपयोगको नीति स्पष्ट देखिादैन । जलसम्पदाको सदुपयोगका निम्ति स्पष्ट नीति बनाउन सक्ने हो भने नेपालको विकास कुनै छिमेकी मुलुकले अवरोध गर्न प्रयास गरे पनि असम्भव हुनेछ ।

 
परन्तु एमाले र माकेका नेताहरूले यो वास्तविकतालाई पूर्णरूपले बेवास्ता गरेका छन् भन्ने कुरा उनीहरूका पछिल्लो चरणमा देखापरेका गतिविधिहरूबाट बुझ्न सकिन्छ । जुनसुकै नेताले पार्टीको नेतृत्व गरोस् वा सरकार नेतृत्व गरोस्, मुख्य पक्ष भनेको नेपालको समृद्धिका निम्ति पार्टीको स्पष्ट नीति र पार्टीको नीतिअनुसार सरकारको कार्यनीति आवश्यक हुन्छ । पार्टीले नै राष्ट्रघाती नीति अवलम्बन गर्ने हो भने सरकारलाई आर्थिक समृद्धिको मार्ग अवलम्बन गर्ने आधार दिन सकिंदैन । पार्टीको नीति नै आर्थिक समृद्धितर्फ स्पष्ट भएन भने त्यस्तो पार्टीका नेताहरूबाट नेतृत्व गर्ने सरकारको गन्तव्य पनि स्पष्ट हुने छैन । त्यसैले नेताहरू पदीय झगडामा भन्दा आर्थिक समृद्धिका लागि जलसम्पदाको सदुपयोग कसरी गर्ने ? गुमेका नदीहरूमा नेपालको हक कसरी स्थापित गर्ने ? छिमेकी देशसाग भएका असमान सन्धिसम्झौताहरूलाई नेपालको हितमा कसरी सच्याउने ? यस्ता प्रश्नहरूको उठान पार्टीभित्र हुनु जरुरी छ । नेपालको समृद्धिका निम्ति सरकारको नेतृत्व गर्दैमा सम्भव हुादैन । सरकारको नेतृत्वमा नेपालका कम्युनिष्ट नेताहरू धेरैपटक पुगिसकेका छन् । तर पनि पञ्चायतकालका शासकहरू र नेपाली कांग्रेसका नेताहरूभन्दा फरक खालको परिवर्तन जनताले महसुस गर्ने पाउने गरी कम्युनिष्ट नेताहरूको नेतृत्वको सरकारले पनि दिन नसकेको स्पष्ट छ । बहाना जेसुकै बनाएर पन्छिन खोजे पनि यथार्थ छोप्न सकिादैन । स्पष्ट नीतिमा अलमलिएपछि गन्तव्य पनि अलमलमा पर्दछ । भएको यही हो । नीति स्पष्ट हुनु जरुरी छ । पदीय भागबण्डाभन्दा पहिले एकीकृत पार्टीको गन्तव्य कता हो ? नेताहरू स्पष्ट नहुने हो भने विकल्प खोज्न जनतालाई बाध्यता हुनेछ । आगे नेताजीहरूकै मर्जी !  (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here