वर्गीय आत्मीयता र कर्तब्यबोध

161

                  डा. दीपेन्द्र रोकाया
प्राय: नेताहरू वैचारिक पक्ष बलियो हुने तर्क गर्दछन् । त्यो हो पनि । यसले गर्दा ब्यवहारिक पक्षलाई गौण ठान्दछन् । परिणामस्वरूप धेरै विषयबस्तु ओझेल पर्दै जाादा एकाङ्की बन्दै जाने खतरा बन्न थाल्दछ । यो अनुभव निर्वाचनका बेला गाउाघर पुग्दा हाम्रा नेता कार्यकर्ताको शैली देखेर भएको थियो । यस्ता घटनाहरू कति छन् कति ? तर यहाा सन्दर्भ २०७४ पुस १८ गतेका दिन अखिल (क्रान्तिकारी) हुम्ला–काठमाडौ सम्पर्क समितिले राजधानीको संवाद डवलीमा आयोजना गरेको हुम्लाका निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा ब्यक्त भावमा आएको उद्धेलनाको हो । त्यहाा मलाई पनि जनप्रतिनिधिसागै हुम्लाको विकट बस्तीबाट विद्यावारिधी गरेको भन्दै सम्मान गरिएको थियो । बधाई लिनु र दिनु, शुभकामना लिनु र दिनु तथा धन्यवाद भन्नु एउटा कुरा हो । त्यसमा कोही कसैले यो जीत तथा उपाधी मेरै हो जस्तो मान्नु अर्को महत्वपूर्ण विशेषता हो । कार्यक्रममा नवनिर्वाचित प्रतिनिधि सभाका सदस्य छक्कबहादुर लामा र प्रदेशसभा सदस्य दल रावलले जितेपछिको प्रतिबद्धता राख्नुभयो ।

 

उहााहरूमा जोस छ, हिम्मत छ र साहस पनि । उहााहरूलाई साथ चाहिएको छ । हामीले त्यो साथ दिएकैले जितायौ । अझै पनि साथ दिन्छौ भन्यौ । तर समाजले त्यही रूपमा तपाईहरको परिक्षा लिने भएकाले निरन्तर सक्रीय हुन अनुरोध गर्‍यौ । अब जनताका अभिभावक भई सामाजिक न्याय गर्नपर्छ भनी योजनाबद्ध गर्ने कामको बारेमा सुझावसमेत दियौ । यस्तो सुझाव केही प्रतिनिधिमुलक माओवादी नेताहरू कर्णजीत बुढाथोकी, छिरिङ दम्डुल लामा, लालकेश जैसी, विद्यार्थी नेता नवराज शाही र मैले राखेका थियौ । आधिकारिकता, वैधानिकता र केन्द्रको निर्देशनलाई जनमतको भरमा सच्च्याइएका सन्दर्भहरू उल्लेख गर्दै कार्यक्रमले पार्टी केन्द्रले लिएका अवैज्ञानिक र अब्यवहारिक पक्षलाई सच्याउन आब्हान पनि गर्‍यो । यसका साथै, मलाई विद्यार्थी तथा हुम्ली दाजुभाईले जसरी सम्मान गर्नुभयो, त्यो यही सन्दर्भमा जुटाइएको संयोग थियो । यो क्षणमा मैले सबैप्रति आभार ब्यक्त गर्दै तीन कुरामा जोड दिएा । एक, पढ्ने धोको थियो, घरबाट पढ्नका लागि सहयोग होला भन्ने अवस्था थिएन । काम गरेर भएपनि पढ्नका लागि तिब्बत गएा, भारत गएा, कही पनि त्यस्तो अवसरभन्दा बढी हेपाई खाने स्थिति आएपछि आफ्नै देशमा भाडा माजेर भएपनि पढ्ने धोको लिएर काठमाडौ पसें । एउटा भेडी गोठालाको छोराले जे पर्छ, त्यही टर्छ’ को सिद्धान्तअनुरूप हुम्लामा कुल्ली काम गरेर कमाएको ३५० रूपैयालाई बिउ बनाएर काठमाडौ पुगो । दुई, पढ्न शुरु गरो तर वर्गवैरीहरूले बाजुरामा झण्डै मारि सकेका थिए, यसैले नाफाको जिन्दगी लिएर समाज जगाउने अभियानमा लाग्दालाग्दै पनि बचेको समय औपचारिक पढाईलाई दिएा । यही क्रममा राजनीतिशास्त्रमा पिएचडी, ग्रामीण विकासमा एम.ए र ब्यवहारिक रूपमा पत्रकारिता, अनुसन्धान तथा कर्मचारी प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षण दिने कार्य गरिरहेको जानकारी दिएा । तीन, पढ्नु भनेको समाज बुझ्नु हो, त्यसलाई ब्यवहारिक रूपमा माक्र्सवादी विद्यार्थी हुनुको नाताले बदल्नका लागि पहलकदमी लिनपर्ने कुरा राखो । जसमा जोड दिदै नेपाल र कर्नाली अझ त्यसमा हुम्ला हाम्रो लागि अवसर भएको धारणा राखो ।
विकासका खाकाहरू कोर्न सकिन्छ । यसमा इच्छाशक्ति भएका र थप्ने राजनैतिक नेतृत्वको खााचो रहेको औल्याएा । कार्यक्रम सकिनै लाग्दा संवाद डवलीका उपाध्यक्ष देवकी तिमल्सिना ‘समिक्षा’ को मुक्तक र कर्नालीका माण्ठ शिर्षकको कविताले हाइहाई पायो । यतिबेलासम्म म स्वभाविक मुडमा थिएा, जब कार्यक्रमका सभापति जटिल कार्की मञ्चमा समापन मन्तब्य राख्दै जाादा मेरो नाम उप्चारण गरी भने, ‘मेरो बाबाको नाम प्रेमबहादुर कार्की ‘एमेचर’ हो । उहाा वर्ग युद्धको क्रममा शहिद हुनुभयो । बाबाको साथी दीपेन्द्र रोकायाले डा. को उपाधि पाउादा मेरै बाबाले विद्यावारिधिको उपाधि पाएको अनुभव भयो मलाई’ भन्नथाले । मेरो मन भक्कानियो । त्यो मञ्चमा बोलिरहेको युवा जतिबेला काखको दुधे बालक थियो । त्यसबखत म उनैको बाबा र धर्मजीत बुढाथोकीको शहादतको खवर बोकेर हुम्ला पुगेको थिएा । सहजै भन्न सम्भव थिएन । पार्टी जिम्मेवार नेतृत्वको मुखबाट धेरै भूमिका बााधेर भन्न पर्ने समय थियो । आज त्यो बालक पूर्वाचल विश्वविद्यालयमा इन्जिनियरिङ्ग पढ्दैछ र भन्दैछ, यस्ता भावनात्मक कुरा । मैले उसलाई हात मिलाएा । आगालोमा बााध्न चाहन्छु । मलाई अझै याद छ, जटिलको बाबाको शहादतको खबर लिएर जाादा मुन्याकााधबाट गुसातिर जाादा लेकमा शहिद एमेचरजीका बाबा जैवन कार्कीसाग भेट भयो ।

 

उहााले मसागैका कमरेड अमृतले सटगन राइफल बोकेको देखेपछि ‘हुम्लामा खास गुरिल्ला आएको र ति तिमीहरू नै हौ’ भनी दही, ध्यु र रोटी हौसिदै दिनुभएको थियो । ‘तिमीहरूलाई तगडा बनाइयो भने अन्याय अत्याचार गर्ने सिमकोटका फटाहालाई ठिक पार्न सक्छौ’ भन्नुभएको थियो । यो अविस्मरणीय क्षण मैले भुलेकै थिइना । त्यो कुरा मैले लेखेको किताब नाफाको जिन्दगीको पृष्ठ १८२ दोस्रो संस्करणमा उल्लेख गरेको पनि छु । त्यही बेला मैले जटिलको दुई आमा सिपकला र भरुनीसाग पनि भेटेको हुा । त्यसपश्चात समयको ब्यस्तता तथा विभिन्न कारणले भेट्न सकेको थिइना । आज यसरी आफ्नो वर्गले आत्मीयताजनाउादा मेरा आाखाबाट आासु मात्र बगेनन्, थप कर्तब्य बोध भयो । भैले भन्नै पदैछ, जटिल बाबु ! राजनीतिक समाज विभिन्न कारणले स्वार्थी बन्दैछ, तर रगत साक्षी राखेर भन्छु, वर्गयुद्धका अधुरा सपनाहरू थन्काएर होइन, अरु मोर्चाहरूबाट समेत क्षतिपूर्ति गर्ने अभियानमा कहिल्यै नथाकी हिडौ है !

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here