वाम गठबन्धनको घोडामा सवार संसदीय गणतन्त्र

263

हुकुमबहादुर सिंह
नेपालको संविधान २०७२ को कार्यान्वयन गर्ने जिम्मेवारी नेपालका वामपन्थीहरूको कााधमा आएको छ । बहुलवादमा आधारित संसदीय गणतन्त्रात्मक संविधानमार्फत अहिले नेपालमा विश्व एकाधिकार दलाल पु‘जीवाद खासगरी भारतीय एकाधिकार दलाल तथा नोकरशाही पुाजीवाद ‘वामगठबन्धन’को घोडामा सवार भएको छ । यद्यपि ‘वामगठबन्धन’का मूल शक्ति नेकपा (एमाले) र माओवादी केन्द्र, मूलत: एमालेका ओलीले आफूलाई अझै उक्त घोडामा सवार नभएको नौटंकी गर्दै छन् ।

 
वास्तविकता के हो भने वामगठबन्धनको सरकार बने पनि त्यसले स्पष्टसित नेपाल र नेपालीको पक्षमा काम गर्ने साहस देखाउन असमर्थ नै हुनेछ । यसका पछाडिको मूल कारण प्रथम नेपालमा बनेको संविधानले सही अर्थमा नेपाली जनताको पक्षमा काम गर्न असमर्थ छ, किनभने यसले जनताको पक्षमा भन्दा दलाल तथा नोकरशाही पुाजीवादलाई बोकर हिाडिरहेको छ । दोस्रो यसको रक्षाका लागि काम गर्ने सरकार नाममा वामपन्थीहरूको भएता पनि सारमा सत्ता र राज्य संंयन्त्र वैदेशिक दलाल तथा नोकरशाही पुाजीपति वर्गले आफ्नो लगाम यसरी कस्दै लैजाने छ कि उसका लागि नेपाल र नेपालीको हितमा काम गर्नका लागि कठिन बन्दै जानु स्वाभाविक देखिएको छ । जसको परिणाम नेपाली जनतामाथि वैदेशिक दलाल तथा नोकरशाही पुाजीपति वर्गको हितमा काम गर्न बाध्य पारिनेछ ।

 
अब परिस्थिति यस्तो बन्दै छ कि मानौं भारतीय शासकवर्गले नेपालको वाम गठबन्धनको सरकारलाई उसका अगाडि झुकाउन मधेशी मोर्चाका विभिन्न दलहरूलाई अनेकौं बहानामा ओली सरकारमा समावेश गराउने कसरत गर्नेछ ।
अहिले नेपाली राजनीतिका केबल दुईओटा मात्र पाटा छन् । एउटा बाटो–सामन्त, नोकरशाहा एवम् दलाल पुाजीपति वर्गको सत्ता–संसदीय व्यवस्था जसलाई भारतीय शासकवर्गले आफ्नो इशारामा चलाउन चाहन्छ । दोस्रो यो व्यवस्थाका विरुद्ध क्रान्ति र परिवर्तनको बाटो, जसको नेतृत्व अब नेकपा (क्रान्तिकारी माओवादी)को जिम्मामा गएको छ । पहिलो पद, प्रतिष्ठा र स्वार्थका लागि, सुविधाभोगी राजनीतिका लागि जनता र क्रान्तिप्रति विश्वासघात गर्दै भारतीय विस्तारवादका अगाडि आत्मसमर्पण, पलायन र संसदीय दलदलमा कहिल्यै नउम्कने गरी फस्ने बाटो हो भने दोस्रो बाटो भनेको त्याग, बलिदान तथा आत्मोत्सर्गको बाटो । के स्पष्ट हो भने पहिलो बाटो क्रान्तिप्रति विश्वासघात गर्ने गद्दार एवम् कायरहरूले रोज्ने बाटो हो भने दोस्रो जनमुक्तिका योद्धा एवं वीरहरूले रोज्ने बाटो हो ।

 
एउटा माक्र्सवादीका लागि वर्तमान संविधानले अंगीकार गरेको वर्तमान सत्ता भनेको एकाधिकार दलाल तथा नोकरशाही पुाजीवादीहरूको सत्ता हो र यसको कार्यान्वयन गर्ने भनेको यही सत्तालाई कसरी बलियो बनाउने भन्ने नै हो । र, वर्तमान संविधानअन्तर्गतको सरकारमा रूपमा कम्युनिष्टहरूको वर्चस्व भएता पनि सारमा सत्तामा तिनै एकाधिकार दलाल तथा नोकरशाही पु‘जीवादीहरूको हालिमुहाली हुने स्पष्ट छ । परिणाम ‘वाम गठबन्धन’को घोडामा सवार संसदीय गणतन्त्र अन्त्य गरी जनवादी गणतन्त्रको स्थापना नै सही मानेमा मधेश, पहाड र हिमाल आदि समग्र मुक्तिको मार्ग हुनेछ । [email protected]

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here