एमाले–माके एकता कता जाादैछ ?

230

काठमाडौं/ नेकपा एमाले र नेकपा माओवादी केन्द्रसम्मिलित गठबन्धन सरकार पहिले कि पार्टी एकता पहिले भन्ने विवादलाई शेरबहादुर देउवाले सहजीकरणको काम गरेका छन् । देउवाले प्रधानमन्त्री पदबाट राजीनामा नगरेपछि एमाले–माकेको सत्तारोहण तत्कालका लागि बिराम लागेपछि पार्टी एकतालाई महत्व दिएर अघि बढ्ने प्रयासमा नेताहरू जुटेका छन् । दुवै पार्टीका शीर्ष नेताहरूको बैठकले पार्टी एकता संयोजन समिति गठन गरिसकेको छ र एकता संयोजन समितिको पनि बैठक सम्पन्न भएको छ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकले सरकार गठनलाई थााती राख्दै प्रदेशसभा र प्रदेश सरकार गठनको गृहकार्य गर्न कार्यदल गठन गरेको छ ।

 

कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे रहेका छन् भने माकेबाट रामबहादुर थापा ‘बादल’, वर्षमान पुन र मातृका यादव रहेका छन् । अब अर्काे बैठक आजैदेखि बस्ने निर्देशन प्रचण्ड र केपी ओली दुवैले दिएका छन् । एकसातापछि बस्ने गरी टुंगिएको बैठकको व्यापक आलोचना भएपछि दुवै नेताको निर्देशन सार्वजनिक भएको छ । एमाले अध्यक्ष केपी ओली उपचारका लागि बैंकक जानुपर्ने भएकाले बैठक एक साताका लागि स्थगित गरिएको जनाइएको थियो ।

 
प्रतिनिधि सभा निर्वाचनमा ६०/४० को भागवण्डा गरेका दुई दलले राष्ट्रिय सभामा पनि सोहीअनुसारको भागवण्डा गर्ने तयारी गरेका छन् । त्यस्तै सातै प्रदेशमा सरकार निर्माणका लागि समेत दुई दलले अग्रसरता देखाएका छन् । प्रदेश नं २ बाहेक ६ प्रदेशमा वाम गठबन्धनको बहुमत रहेको छ । कार्यदलले प्रदेश सरकारको मुख्यमन्त्रीदेखि सरकारमा रहने मन्त्रीसम्मको भागवण्डा मिलाउने समझदारी भएको बैठकमा सहभागी एक नेताले जनधारणालाई जनाएका छन् ।

  (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here